+ -

عن عائشة رضي الله عنها قالت: سمعتُ من رسول الله صلى الله عليه وسلم يقول في بيتي هذا:
«اللَّهُمَّ مَنْ وَلِيَ مِنْ أَمْرِ أُمَّتِي شَيْئًا فَشَقَّ عَلَيْهِمْ فَاشْقُقْ عَلَيْهِ، وَمَنْ وَلِيَ مِنْ أَمْرِ أُمَّتِي شَيْئًا فَرَفَقَ بِهِمْ فَارْفُقْ بِهِ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें :
"हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो राष्ट्रको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक त्यस्ता हाकिमहरूलाई अल्लाहले कष्ट दिऊन् भनेर श्राप दिनुभएको छ, जसले मुस्लिमहरूको कुनै जिम्मेवारी लिन्छ, चाहे त्यो सानो होस् वा ठूलो, सामान्य होस् वा विशेष, तर ऊ मानिसहरूसँग दयालु व्यवहार गर्नुको सट्टा तिनीहरूमाथि अन्याय गर्छन् र तिनीहरुलाई समस्यामा पार्छन्, ताकि कर्मको प्रतिफल कार्यको प्रकृति अनुसार होस् ।
जिम्मेवारी पाएपछि, मानिसहरूसंग दयालु व्यवहार गर्ने र तिनीहरूको जीविकोपार्काजन सजिलो बनाउनेलाई अल्लाहले दयालु व्यवहार गरुन् र उसको कामलाई सजिलो बनाउन् भनेर प्रार्थना गर्नुभएको छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मुस्लिमहरूको कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिले सकेसम्म आफ्नो मातहतमा रहेका प्रजासँग नम्र व्यवहार गर्नु अनिवार्य छ ।
  2. मानिसलाई उसको कर्मको प्रकृति अनुसार पुरस्कृत गरिन्छ ।
  3. नम्रता र कठोरताको मापदण्ड कुर्आन र हदीस हो ।