عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنين رَضِيَ اللَّهُ عَنْهَا، قَالَتْ:
مَا رَأَيْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مُسْتَجْمِعًا قَطُّ ضَاحِكًا، حَتَّى أَرَى مِنْهُ لَهَوَاتِهِ، إِنَّمَا كَانَ يَتَبَسَّمُ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6092]
المزيــد ...

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन:
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई कहिल्यै यति जोडले हाँसेको देखेको छैन, कि उनको घाँटीभित्रको भाग देख्न सकूँ। उहाँ प्रायः मुस्कुराउनु हुन्थ्यो।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6092]

व्याख्या

आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभयो नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहिल्यै पनि यति ठूलो स्वरले हाँस्नुभएन कि उहाँको घाँटीको माथिल्लो भागमा झुण्डिएको मासु देखियोस्। उहाँ मुस्कुराउनु हुन्थ्यो।

हदीसका केही फाइदाहरू

  1. जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई कुनै कुरा मन पर्थ्यो वा उहाँ खुशी हुन्थ्यो, उहाँ केवल मुस्कुराउनुहुन्थ्यो।
  2. इब्ने हजरले भने: मैले कहिल्यै पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यति ठूलो स्वरले हाँसेको देखेको छैन कि उनको सम्पूर्ण शरीर हाँसोमा डुबेको होस्।
  3. धेरै हाँस्नु र ठूलो स्वरले हाँस्नु (कह्काहा लगाउनु) धर्मीहरूको विशेषता होइन।
  4. धेरै हाँसोले मानिसको गरिमा र मानिसहरूमाझ सम्मानलाई कम गरिदिन्छ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (49)