+ -

عَنْ عَلِيٍّ رضي الله عنه قَالَ:
كُنْتُ رَجُلًا مَذَّاءً وَكُنْتُ أَسْتَحْيِي أَنْ أَسْأَلَ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ لِمَكَانِ ابْنَتِهِ فَأَمَرْتُ الْمِقْدَادَ بْنَ الْأَسْوَدِ فَسَأَلَهُ فَقَالَ: «يَغْسِلُ ذَكَرَهُ وَيَتَوَضَّأُ». وَلِلبُخَاريِّ: فَقَالَ: «تَوَضَّأْ وَاغْسِلْ ذَكَرَكَ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 303]
المزيــد ...

अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ ।" बुखारीमा छ: "वुजू गर र आफ्नो गुप्तांगलाई सफा गर ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 303]

व्याख्या

अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) भन्छन्, मलाई प्रायः मजी निस्किन्थ्यो । मजी भनेको यो एक प्रकारको पातलो, चिपचिपा, सेतो पानी हो, जुन कामवासनाको समयमा वा यौनसम्पर्क गर्नुअघि गुप्तांगबाट निस्कन्छ । मजी निस्केपछि के गर्ने भन्ने थाहा थिएन । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) उनको निकाहमा भएकोले यसको बारेमा उहाँलाई सोध्न लाज लागिरहेको थियो । त्यसैले उनले मिकदाद (रजियल्लाहु अन्हु) लाई यसबारे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्न आग्रह गरे । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले आफ्नो गुप्तांगहरू धुनुपर्छ र त्यसपछि वुजू गर्नुपर्छ भनेर जवाफ दिनुभयो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) को सद्गुण, हया (लज्जा) का बावजुद उलने अरुको माध्यमबाट भए पनि प्रश्न सोधे ।
  2. फतवा (प्रश्न) सोध्न प्रतिनिधि नियुक्त गर्न अनुमति छ ।
  3. आवश्यकता अनुसार आफ्नो बारेमा लाज लाग्ने कुरा अरुलाई बताउन जायज हो ।
  4. मजी अपवित्र हो, शरीर र कपडा दुवैबाट यसलाई धुनु वाजिब हो ।
  5. मजी निस्कियो भने वुजू भङ्ग हुन्छ ।
  6. अर्को हदीसमा उल्लेख भएकोले अण्डकोष र गुप्तांग दुवै धुनु वाजिब हो ।