عَنْ عَائِشَةَ رضي الله عنها قَالَتْ:
فَقَدْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ لَيْلَةً مِنَ الْفِرَاشِ فَالْتَمَسْتُهُ فَوَقَعَتْ يَدِي عَلَى بَطْنِ قَدَمَيْهِ وَهُوَ فِي الْمَسْجِدِ وَهُمَا مَنْصُوبَتَانِ، وَهُوَ يَقُولُ: «اللهُمَّ أَعُوذُ بِرِضَاكَ مِنْ سَخَطِكَ، وَبِمُعَافَاتِكَ مِنْ عُقُوبَتِكَ، وَأَعُوذُ بِكَ مِنْكَ لَا أُحْصِي ثَنَاءً عَلَيْكَ أَنْتَ كَمَا أَثْنَيْتَ عَلَى نَفْسِكَ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 486]
المزيــد ...
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
एक रात मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ओछ्यानमा भेट्टाइनँ। मैले उहाँलाई खोज्न थालेँ र मेरा हातहरू उहाँको खुट्टाको तलामा छोए। उहाँ सज्दामा हुनुहुन्थ्यो र उहाँका दुवै खुट्टा उभिएका थिए। उहाँ भनिरहनुभएको थियो: "हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। म तपाईंको अधिकार अनुसार तपाईंको प्रशंसा गर्न सक्दिन। तपाईंले जस्तो आफ्नो प्रशंसा गर्नुभएको छ त्यस्तै हुनुहुन्छ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 486]
आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा सुतिरहेको थिएँ। रातको समयमा मैले उहाँलाई ओछ्यानमा भेटिन। त्यसपछि मैले आफ्नो हातले त्यो स्थानमा खोज्न थालें जहाँ उहाँ नमाज पढ्नु हुन्थ्यो। उहाँ सज्दाको अवस्थामा हुनुहुन्थ्यो र उहाँका दुवै खुट्टा उभिएका थिए र उहाँ यसो भन्दै हुनुहुन्थ्यो:
हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको सुन्दरता र तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। किनकि तपाईं मात्र शरण दिन सक्नुहुन्छ। अल्लाहको दरबार बाहेक कुनै भाग्ने वा शरणस्थान छैन। मेरो प्रयासको बावजुद, तपाईंले मलाई दिनुभएको आशीर्वाद र अनुग्रहको साँच्चै कदर गर्न सक्दिन। तपाईंले आफ्नो प्रशंसा गर्दा आफूलाई जस्तो ) को त्यस्तै हुनुहुन्छ। अरू कसैले तपाईंको प्रशंसालाई न्याय गर्न सक्दैन।