عن أبي موسى الأشعري رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِذَا مَرِضَ الْعَبْدُ أَوْ سَافَرَ كُتِبَ لَهُ مِثْلُ مَا كَانَ يَعْمَلُ مُقِيمًا صَحِيحًا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 2996]
المزيــد ...

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 2996]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कृपा र दयाको व्याख्या गर्दै भन्नु भयो कि यदि कुनै मुस्लिम लाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा नियमित रूपले कुनै पुण्य कर्म गर्ने बानी छ, र पछि बिरामीले गर्दा वा यात्रामा व्यस्त भएकाले वा अन्य कुनै कारणले त्यो पुण्य कर्म गर्न नसकेमा, उसलाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा गरेको पुण्य कर्म को प्रतिफल बराबर नै प्रतिफल प्रदान गरिनेछ ।

हदीसका केही फाइदाहरू

  1. यो हदीसले अल्लाहको कृपा आफ्ना भकतहरू प्रति अपार छ भन्ने कुरा प्रष्ट पार्छ ।
  2. यस हदीसमा लगनशीलता साथ सत्कर्म गर्न प्रोत्साहित गरिएको छ, अनि स्वास्थ्य र फुर्सदको समयलाई सदुपयोग गर्न प्रोत्साहन दिइएको छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (68)