+ -

عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«كُلُّ سُلاَمَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ، كُلَّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ يَعْدِلُ بَيْنَ الِاثْنَيْنِ صَدَقَةٌ، وَيُعِينُ الرَّجُلَ عَلَى دَابَّتِهِ فَيَحْمِلُ عَلَيْهَا أَوْ يَرْفَعُ عَلَيْهَا مَتَاعَهُ صَدَقَةٌ، وَالكَلِمَةُ الطَّيِّبَةُ صَدَقَةٌ، وَكُلُّ خُطْوَةٍ يَخْطُوهَا إِلَى الصَّلاَةِ صَدَقَةٌ، وَيُمِيطُ الأَذَى عَنِ الطَّرِيقِ صَدَقَةٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2989]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हरेक सूर्य उदाउने दिन मानिसको प्रत्येक जोर्नीमा सद्का (दान) छ । दुई व्यक्तिको बीचमा न्याय गर्नु सद्का हो । कसैलाई उसको जनावर (सवारी) माथि चढाउन मद्दत गर्नु वा त्यसमाथि समान बोक्न सहयोग गर्नु परोपकार हो । राम्रो कुरा परोपकार हो । सलाह पढ्न प्रत्येक पाइला चाल्नु सदका हो र सडकबाट हानिकारक चीजहरू हटाउनु पनि परोपकार हो ।”

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2989]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सद्का (परोपकार) सबै असल कामहरूद्वारा गरिन्छ, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु दान हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा समान लाद्न सहयोग गर्नु परोपकार हो । जिक्र, दुआ र सलाम जस्ता राम्रो कुरा परोपकार हो । सलाह पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु परोपकार हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सोमाली रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मानव हड्डीहरूको संरचना र अखण्डता अल्लाहको सबैभन्दा ठूलो वरदान हो, त्यसैले प्रत्येक हड्डीप्रति दान दिन आवश्यक छ, ताकि उहाँको आशीर्वादको हक अदा गर्न सकियोस् ।
  2. यी आशिषहरूको निरन्तरताका लागि हरेक दिन कृतज्ञता नवीकरण गर्न प्रोत्साहन ।
  3. हरेक दिन नफल (अतिरिक्त सलाह) पढ्न र स्वैच्छिक दान दिन प्रोत्साहन ।
  4. मानिसहरू माझ न्याय र मेलमिलाप गर्नुको सद्गुण ।
  5. एक व्यक्तले आफ्नो भाइलाई मद्दत गर्न आग्रह; किनभने उसलाई सहयोग गर्नु सद्का हो ।
  6. मस्जिदहरूमा जमातका साथ सलाह पढ्न पाइला चाल्न प्रोत्साहित ।
  7. मुस्लिमहरूको बाटोलाई सम्मान गर्न आवश्यक छ, त्यसैले उनीहरूलाई हानि पुऱ्याउने कुनै पनि कुरा बाटोमा फाल्नु हुँदैन ।
थप