+ -

عَنْ مُعَاذِ بْنِ جَبَلٍ رضي الله عنه:
أَنَّ رَسُولَ صَلَّى عَلَيْهِ وَسَلَّمَ أَخَذَ بِيَدِهِ، وَقَالَ: «يَا مُعَاذُ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ»، فَقَالَ: «أُوصِيكَ يَا مُعَاذُ لَا تَدَعَنَّ فِي دُبُرِ كُلِّ صَلَاةٍ تَقُولُ: اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ وَشُكْرِكَ وَحُسْنِ عِبَادَتِكَ».

[صحيح] - [رواه أبو داود والنسائي وأحمد] - [سنن أبي داود: 1522]
المزيــد ...

हजरत मुआज बिन जबल ( रजियल्लाहु अन्हु) द्वारा बयान छ ;
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँको हात समात्नु भयो र भन्नु भयो; " हे मुआज ! अल्लाह कसम ! म तिमीलाई माया गर्छु । " हे मुआज म तिमीलाई अर्ती दिँदैछु कि हरेक फर्ज नमाज पछि यो पढ्न न छोड्नु , " अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक " (अनुवाद ; हे अल्लाह ! मेरो मद्दत गरि दिनुहोस् तपाईँको जिक्रमा र तपाइँको आभारमा र तपाईँको उत्तम उपासनामा )

[सही] - - [सुनन अबी दाउद - 1522]

व्याख्या

नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले मुआज (रजियल्लाहु अन्हु)को हात समात्नु भयो र उहाँसित भन्नु भयो : अल्लाह कसम ! मलाई तिम्रो माया लाग्छ । त्यसैले तिमीले हरेक फर्ज नमाज पछि ( निम्न वाक्यहरू) भन्न न छोड्ने अर्ती दिन्छु । (अल्लाहुम्म अइन्नी अला जिक्रिक... ) हरेक बोल र कर्मले आज्ञा पालना तर्फ ल्याउँछ । ( व शुक्रिक ) वरदानहरू प्राप्त गरेर र सजायलाइ हटाएर । ( व हुस्नि इबादतिक) अल्लाहका लगि खास गरेर र नबी (सल्लल्लाहु अलैहि वसल्लम)को अनुसरण गर्दै ।

हदीसका केही फाइदाहरू

  1. मान्छेसित अल्लाहका लागि माया भए बताउने अनुमति
  2. हरेक फर्ज र नफ्ल नमाजहरू पछि यो दुआ पढ्नु मुस्तहब हो
  3. दुआमा यति थोरै शब्दहरू भएता पनि यस लोक र परलोकमा आवस्यक कुरा छन् ।
  4. अल्लाहका लागि गरिएको मायाको लाभमा सत्य बारेमा खोजी गर्नु र एक अर्कालाई सम्झाउनु र पुण्य र संयमतामा सहयोग गर्नु हो ।
  5. तैयबी भन्नु हुन्छ : अल्लाहको जिक्र ( जप) छाती ( मन ) प्रफुल्ल हुन थाल्नु हो । अनि उहाँको आभार वरदानहरू हासिल गर्ने एउटा तरिका हो । फलत: उत्तम उपासना ती कुराहरूबाट बचाउने एउटा तरिका हो जो कुराहरू अल्लाह देखि हटाउने हुन्छन् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप