عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «يَقُولُ اللهُ عَزَّ وَجَلَّ: أَنَا عِنْدَ ظَنِّ عَبْدِي، وَأَنَا مَعَهُ حِينَ يَذْكُرُنِي، فَإِنْ ذَكَرَنِي فِي نَفْسِهِ ذَكَرْتُهُ فِي نَفْسِي، وَإِنْ ذَكَرَنِي فِي مَلَإٍ ذَكَرْتُهُ فِي مَلَإٍ خَيْرٍ مِنْهُ، وَإِنِ اقْتَرَبَ إِلَيَّ شِبْرًا، تَقَرَّبْتُ إِلَيْهِ ذِرَاعًا، وَإِنِ اقْتَرَبَ إِلَيَّ ذِرَاعًا، اقْتَرَبْتُ إِلَيْهِ بَاعًا، وَإِنْ أَتَانِي يَمْشِي أَتَيْتُهُ هَرْوَلَةً».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2675]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु)ले बयान गरेका छन् :
अल्लाहको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ:
"मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक हातको टुप्पो) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हातको लम्बाइ) जान्छु। यदि ऊ मेरो नजिक एक जिराअ आउँछ भने, म उसको नजिक एक बाअ (दुई हातको दूरी) जान्छु। र यदि ऊ मेरोतर्फ हिँडेर आउँछ भने, म उसकोतर्फ दौडेर जान्छु।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2675]
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)ले जानकारी दिनुभएको छ कि अल्लाह ताआलाले भन्नुहुन्छ:
म मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, त्यही अनुसार उसँग व्यवहार गर्छु। यदि मेरो दासले मेरो माफीको आशा राख्छ र दयाको अपेक्षा गर्छ, म त्यसै अनुरूप उसलाई प्रदान गर्छु। म उसको लागि त्यही गर्छु, जुन उसले मेरो बारेमा सोच्छ – चाहे त्यो राम्रो होस् वा नराम्रो। जब ऊ मलाई सम्झिन्छ, म उसको साथमा रहन्छु – दयाले, मार्गदर्शनले, सुरक्षा र सहयोगले।
यदि ऊ मलाई केवल एक्लै आफ्नो मनमा तस्बीह तहलील वा अन्य कुनै प्रकारले सम्झन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झन्छु।
यदि ऊ मलाई कुनै समूहमा सम्झन्छ भने, म उसलाई त्यो समूहभन्दा ठूलो र राम्रो समूहमा सम्झन्छु।
जो कोहि अल्लाहको तर्फ एक शिब्र (एक हातको टुप्पो) नजिक जान्छ, अल्लाह उसको तर्फ एक जिराअ (एक हातको लम्बाइ) नजिक आउनुहुन्छ।
यदि उसले अल्लाहको तर्फ एक जिराअ (एक हातको लम्बाइ) नजिक जान्छ भने, अल्लाह उसको तर्फ एक बाअ (दुई हातको दूरी) नजिक आउनुहुन्छ।
यदि ऊ अल्लाह तर्फ हिँडेर आउँछ भने, अल्लाह ऊ तर्फ दौडेर आउनुहुन्छ।
जब बन्दा आफ्नो रब प्रति आज्ञापालन र उहाँको समक्ष आउने प्रयास गर्दछ, तब अल्लाह ताआला उसको लागी आफ्नो निकटता बढाउँछन्, उसले गरेको कार्यको पुरस्कारको रूपमा।
जति धेरै कुनै विश्वास गर्ने मानिसको अल्लाहप्रतिको भक्तिभाव पूर्ण हुन्छ, उ त्यति नै अल्लाहसँग नजिक हुन्छ। त्यसैले, अल्लाहको प्रदान र पुरस्कार मानिसको प्रयास र परिश्रमभन्दा धेरै हुन्छ। निचोडमा भन्नुपर्दा, अल्लाहको पुरस्कार गुण र परिमाणका हिसाबले मानिसको कर्मभन्दा सधैं बढी हुन्छ।
मोमिन सधैं सकारात्मक सोच राख्छ, परिश्रम गर्छ, द्रुतगतिमा अघि बढ्छ, र आफ्ना कर्महरूलाई निरन्तर सुधार्दै जान्छ, जबसम्म ऊ अल्लाहसँग भेट हुँदैन।