عَنْ جَابِرِ بْنِ عَبْدِ اللهِ رضي الله عنهما أَنَّهُ سَمِعَ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِذَا دَخَلَ الرَّجُلُ بَيْتَهُ، فَذَكَرَ اللهَ عِنْدَ دُخُولِهِ وَعِنْدَ طَعَامِهِ، قَالَ الشَّيْطَانُ: لَا مَبِيتَ لَكُمْ، وَلَا عَشَاءَ، وَإِذَا دَخَلَ، فَلَمْ يَذْكُرِ اللهَ عِنْدَ دُخُولِهِ، قَالَ الشَّيْطَانُ: أَدْرَكْتُمُ الْمَبِيتَ، وَإِذَا لَمْ يَذْكُرِ اللهَ عِنْدَ طَعَامِهِ، قَالَ: أَدْرَكْتُمُ الْمَبِيتَ وَالْعَشَاءَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2018]
المزيــد ...

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें,
"जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2018]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरमा प्रवेश गर्दा र खाना खानु अघि अल्लाहको नाम लिन आदेश दिनुभएको छ । जब एक व्यक्तिले घरमा प्रवेश गर्दा र खाना खानु अघि 'बिस्मिल्लाह' भन्छ, तब शैतानले आफ्ना सहयोगीहरूलाई भन्छ, यस घरमा तिमीहरूका लागि न त रात बिताउने ठाउँ छ, न त खाने व्यवस्था, किनकि घरको मालिकले अल्लाहको नाम लिएर तिमीहरूबाट आफूलाई सुरक्षित गरेको छ । यसको विपरित, जब कुनै व्यक्ति घरमा प्रवेश गर्छ र घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिँदैन, तब शैतानले आफ्ना सहयोगीहरूलाई त्यो घरमा रात बिताउने ठाउँ र खाना खाने प्रबन्ध दुबै भेट्टाएको भनेर बताउँछ ।

हदीसका केही फाइदाहरू

  1. घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिनु मुस्तहब (पुणयदायी) हो । किनकि यदि अल्लाहको नाम लिइएन भने शैतानले घरमा रात बिताउँछ र उनीहरूको खाना खान्छ ।
  2. शैतानले मानिसका कार्य, व्यवहार र सम्पूर्ण क्रियाकलापलाई नियालिरहेको हुन्छ। जब मानिस अल्लाहको स्मरणबाट अलिकति मात्र पनि विचलित हुन्छ, शैतानले उसबाट आफ्नो उद्देश्य पूरा गरिहाल्छ।
  3. अल्लाहको जिक्र (स्मरण र सम्झना) ले शैतानलाई भगाउँछ ।
  4. प्रत्येक शैतानका केही अनुयायी र सहयोगीहरू हुन्छन्, जो उसको कुरामा खुसी हुन्छन् र उसका आदेशहरूको पालना गर्छन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप