عن عبد الله بن عمرو بن العاص رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«الْكَبَائِرُ: الْإِشْرَاكُ بِاللهِ، وَعُقُوقُ الْوَالِدَيْنِ، وَقَتْلُ النَّفْسِ، وَالْيَمِينُ الْغَمُوسُ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6675]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6675]

व्याख्या

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ठूला पापहरू बयान गर्दै हुनुहुन्छ । जुन पापले गर्दा अपराधीलाई यस संसार वा परलोकको सजायको कडा चेतावनी दिइएको छ, त्यसलाई कबाइर (ठूला पापहरू) भनिन्छ ।
पहिलो ठूलो पाप : अल्लाहसँग शिर्क गर्नु, अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । उहाँको उपासना, नाम र गुणहरूमा बराबरी र प्रतिद्वन्द्वी ठहर गर्नु शिर्क हो ।
दोस्रो ठूलो पाप : आमाबाबुको अवज्ञा गर्नु, बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो ।
तेस्रो ठूलो पाप : हत्या गर्नु हो, जस्तै कसैलाई अनाहक यातना दिएर मार्नु ।
चौथो ठूलो पाप : जानीजानी झुटो कसम खानु हो । यसलाई अरबीमा "यमीने गुमूस" भनिन्छ किनभने यसले मान्छेलाई पाप वा नरकमा डुबाउँछ ।

हदीसका केही फाइदाहरू

  1. झूटो कसम खानु एकदमै खतरनाक र ठूलो अपराध हो । यसको क्षमाको लागि तौबा (पश्चात्ताप) बिना अरु कुनै प्रायश्चित छैन ।
  2. यस हदीसमा यी चार ठूला पापहरूको गम्भीरतालाई ध्यानमा राखेर उल्लेख गरिएको छ । ठूला पापहरूलाई यी चारमा सीमित गर्नु हुँदैन ।
  3. पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पापले प्रत्येक
  4. त्यो पापलाई बुझाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा रूपमा हराम छन् । जबकि साना पापहरूले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप