+ -

عن عبد الله بن عمرو بن العاص رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«الْكَبَائِرُ: الْإِشْرَاكُ بِاللهِ، وَعُقُوقُ الْوَالِدَيْنِ، وَقَتْلُ النَّفْسِ، وَالْيَمِينُ الْغَمُوسُ».

[صحيح] - [رواه البخاري]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"ठूला पापहरू: शिर्क (अल्लाहको प्रतिद्वन्द्वी ठहर) गर्ने, आमाबाबुको अवज्ञा गर्ने, कसैको हत्या गर्ने र झूटो कसम खाने ।

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ठूला पापहरू वर्णन गर्दै हुनुहुन्छ । जुन पापले गर्दा अपराधीलाई यस संसार वा परलोकको कडा चेतावनी दिइएको छ, त्यसलाई ठूला पापहरू भनिन्छ ।
पहिलो ठूलो पाप : अल्लाहसँग शिर्क गर्नु, अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । उहाँको उपासना, नाम र गुणहरूमा बराबरी र प्रतिद्वन्द्वी ठहर गर्नु शिर्क हो ।
दोस्रो ठूलो पाप : आमाबाबुको अवज्ञा गर्नु, बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो ।
तेस्रो ठूलो पाप : हत्या गर्नु हो, जस्तै कसैलाई अनाहक यातना दिएर मार्नु ।
चौथो ठूलो पाप : जानीजानी झुटो कसम खाने हो । यसलाई अरबीमा "यामीने गुमूस" भनिन्छ किनभने यसले मान्छेलाई पाप वा नरकमा डुबाउँछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. झूटो कसम खानु एकदमै खतरनाक र ठूलो अपराध हो । यसको क्षमाको लागि तौबा (पश्चात्ताप) बिना अरु कुनै प्रायश्चित छैन ।
  2. यस हदीसमा यी चार ठूला पापहरूको गम्भीरतालाई ध्यानमा राखेर उल्लेख गरिएको छ । ठूला पापहरूलाई यी चारमा सीमित गर्नु हुँदैन ।
  3. पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पापले प्रत्येक
  4. त्यो पापलाई बुझाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा रूपमा हराम छन् । जबकि साना पापहरूले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।
थप