عَنْ أَبِي سَعِيدٍ الخُدْرِيِّ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ مِنْ أَعْظَمِ الجِهَادِ كَلِمَةَ عَدْلٍ عِنْدَ سُلْطَانٍ جَائِرٍ».
[حسن لغيره] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 2174]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै, सबैभन्दा ठूलो जिहादहरूमध्ये अत्याचारी शासकको सामु न्यायपूर्ण वचन बोल्नु एक हो।"
[حسن لغيره] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2174]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि एक क्रूर र दमनकारी शासक वा हाकिमको अगाडि न्याय र सत्य बोल्नु, अल्लाहको मार्गमा गरिने सबैभन्दा ठूलो र लाभदायक जिहाद मध्ये एक हो। किनकि, यसमा सत्कर्मको आदेश दिने र दुष्कर्मबाट रोक्ने कार्य समावेश हुन्छ; चाहे त्यो वचनद्वारा होस्, कलमद्वारा होस्, कर्मद्वारा होस् वा अन्य कुनै माध्यमबाट, जसबाट लाभ प्राप्त हुन्छ र दुष्टताबाट बच्न सकिन्छ।