عَنْ أَبِي سَعِيدٍ الخُدْرِيِّ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ مِنْ أَعْظَمِ الجِهَادِ كَلِمَةَ عَدْلٍ عِنْدَ سُلْطَانٍ جَائِرٍ».

[حسن لغيره] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 2174]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै, सबैभन्दा ठूलो जिहादहरूमध्ये अत्याचारी शासकको सामु न्यायपूर्ण वचन बोल्नु एक हो।"

[حسن لغيره] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2174]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि एक क्रूर र दमनकारी शासक वा हाकिमको अगाडि न्याय र सत्य बोल्नु, अल्लाहको मार्गमा गरिने सबैभन्दा ठूलो र लाभदायक जिहाद मध्ये एक हो। किनकि, यसमा सत्कर्मको आदेश दिने र दुष्कर्मबाट रोक्ने कार्य समावेश हुन्छ; चाहे त्यो वचनद्वारा होस्, कलमद्वारा होस्, कर्मद्वारा होस् वा अन्य कुनै माध्यमबाट, जसबाट लाभ प्राप्त हुन्छ र दुष्टताबाट बच्न सकिन्छ।

हदीसका केही फाइदाहरू

  1. पुण्य कर्म को उपदेश दिनु र नराम्रो कामबाट रोक्नु पनि जिहादको एउटा रूप हो।
  2. शासकलाई सल्लाह र उपदेश दिनु सबैभन्दा ठूलो जिहादमध्ये एक हो, तर यो कार्य ज्ञान, बुद्धि र दृढताका साथ गरिनुपर्छ।
  3. इमाम खत्ताबी (रहिमहुल्लाह) ले भन्नुभएको छ: "उक्त प्रकारको जिहाद नै सबैभन्दा उत्तम जिहाद हुनुको कारण यो हो कि शत्रुसँग लड्ने व्यक्तिमा विजयको आशा र पराजयको डर दुवै हुन्छ; ऊ विजयी हुने वा पराजित हुने कुरामा निश्चित हुँदैन। तर शासकको सामुन्ने उभिने व्यक्ति त शासकको अधीनमा पूर्णतः असहाय हुन्छ। यदि उसले सत्य बोलेर सत्कर्मको आदेश दियो भने आफूलाई विनाश र मृत्युको जोखिममा पार्छ। त्यसैले, डरको प्रबलताका कारण यो जिहादका सबै प्रकारमध्ये सबैभन्दा उत्तम ठहरिन्छ।
  4. अर्को मत यो पनि छ कि यो सबैभन्दा उत्तम जिहाद हुनुको कारण यो हो कि यदि शासकले उसको सत्य वचन स्वीकार गर्‍यो भने ठूलो संख्यामा मानिसहरूको कल्याण हुन सक्छ र व्यापक सुधार सम्भव हुन्छ।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (50)