عَنِ العَبَّاسِ بْنِ عَبْدِ الْمُطَّلِبِ رَضيَ اللهُ عنهُ قَالَ:
قُلْتُ: يَا رَسُولَ اللهِ، عَلِّمْنِي شَيْئًا أَسْأَلُهُ اللَّهَ عَزَّ وَجَلَّ. قَالَ: «سَلِ اللَّهَ العَافِيَةَ»، فَمَكَثْتُ أَيَّامًا ثُمَّ جِئْتُ فَقُلْتُ: يَا رَسُولَ اللهِ، عَلِّمْنِي شَيْئًا أَسْأَلُهُ اللَّهَ. فَقَالَ لِي: «يَا عَبَّاسُ، يَا عَمَّ رَسُولِ اللهِ، سَلِ اللَّهَ العَافِيَةَ فِي الدُّنْيَا وَالآخِرَةِ».
[صحيح لغيره] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 3514]
المزيــد ...
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मैले भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" उहाँले जवाफ दिनुभयो: "अल्लाहसँग सुरक्षा र कल्याण (आफियत) को याचना गर्नुहोस्।"
त्यसपछि म केही दिन पर्खिए र पुनः उपस्थित भई भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" तब उहाँले भन्नुभयो: "हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।"
[सही लेगैरेही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3514]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का काका, अल-अब्बास बिन अब्दुल-मुत्तलिब (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भई अल्लाहसँग याचना गर्नका निम्ति कुनै विशेष दुआ सिकाइदिन आग्रह गर्नुभयो। जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई धर्म, दुनिया र आखिरतका सम्पूर्ण विपत्ति तथा दोषहरूबाट सुरक्षित रहन प्रार्थना गर्न सिकाउनुभयो। अब्बास (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: 'केही दिनको अन्तरालपछि म पुनः नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ र अल्लाहसँग माग्नका लागि अर्को कुनै दुआ सिकाइदिन अनुरोध गरेँ।' त्यसबेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई अत्यन्त मायाका साथ सम्बोधन गर्दै भन्नुभयो: “हे अब्बास! हे अल्लाहका रसूलका काका! संसार र आखिरतमा हुने हरेक हानिबाट बच्न र सम्पूर्ण लाभ र कल्याण प्राप्त गर्न अल्लाहसँग केवल ‘आफियत’ (पूर्ण सुरक्षा, आरोग्यता र हिफाजत) माग्नु।