+ -

عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنِينَ رَضِيَ اللَّهُ عَنْهَا أَنَّهَا قَالَتْ:
يَا رَسُولَ اللَّهِ، نَرَى الجِهَادَ أَفْضَلَ العَمَلِ، أَفَلاَ نُجَاهِدُ؟ قَالَ: «لَا، لَكُنَّ أَفْضَلُ الجِهَادِ: حَجٌّ مَبْرُورٌ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 1520]
المزيــد ...

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्, उनले सोधिन्,
हे अल्लाहका रसूल! हामी जिहादलाई सबैभन्दा राम्रो कार्य मान्दछौं, त्यसोभए के हामीले जिहाद गर्नु हुँदैन? उहाँले जवाफ दिनुभयो: "होइन, तर सबैभन्दा राम्रो जिहाद (तिम्रो लागि) हज मबरुर (स्वीकृत हज) हो ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 1520]

व्याख्या

सहाबा (रजियल्लाहु अन्हुम) ले अल्लाहको खातिर जिहाद गर्नु र शत्रुहरूसँग लड्नुलाई सबै भन्दा उत्तम कर्म मान्थे । त्यसैले आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई जिहादमा भाग लिन अनुरोध गरिन् ।
उहाँले महिलाहरूको लागि सबैभन्दा राम्रो जिहाद हज मबरुर हो भनेर मार्गदर्शन गर्नुभयो । कुर्आन र सुन्नत अनुसार गरिएको र पाप तथा पाखंडबाट मुक्त रहेको हजलाई; हज मबरुर भनिन्छ ।

हदीसका केही फाइदाहरू

  1. जिहाद पुरुषहरूको लागि सर्वश्रेष्ठ कर्म हो ।
  2. हज महिलाहरुको लागि जिहाद भन्दा राम्रो हो । वास्तवमा, महिलाहरूको लागि सबैभन्दा राम्रो जिहाद हज मबरुर हो ।
  3. काम गर्ने व्यक्ति अनुसार काम फरक फरक हुन्छ ।
  4. हजलाई जिहाद भनिन्छ; किनभने यो आफू विरुद्धको जिहाद हो । यसमा धन र शक्तिको बलिदान पनि समावेश छ । त्यसैले यो अल्लाहको बाटोमा जिहाद जस्तै भौतिक र आर्थिक उपासना हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्