عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ:
قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ لِامْرَأَةٍ مِنَ الْأَنْصَارِ سَمَّاهَا ابْنُ عَبَّاسٍ فَنَسِيتُ اسْمَهَا: «مَا مَنَعَكِ أَنْ تَحُجِّي مَعَنَا؟» قَالَتْ: لَمْ يَكُنْ لَنَا إِلَّا نَاضِحَانِ فَحَجَّ أَبُو وَلَدِهَا وَابْنُهَا عَلَى نَاضِحٍ وَتَرَكَ لَنَا نَاضِحًا نَنْضِحُ عَلَيْهِ، قَالَ: «فَإِذَا جَاءَ رَمَضَانُ فَاعْتَمِرِي، فَإِنَّ عُمْرَةً فِيهِ تَعْدِلُ حَجَّةً».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1256]
المزيــد ...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्:
“हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1256]
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज्ज्तुल-वदाअ (अन्तिम हज) बाट फर्कनुभयो, उहाँले आफूसँग हज नगर्ने एक अन्सारी महिलालाई भन्नुभयो:तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको थियो?
उनले स्पष्टीकरण दिँदै उत्तर दिइन्: हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरा श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई घरमा कुवाबाट पानी पानी लिने कामका लागि छोडिएको थियो।
यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई रमजानमा उमराह गर्न सल्लाह दिनुभयो; किनभने रमजानमा उमरह गर्नु हज बराबर हुन्छ ।