+ -

عن أبي بكرة رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«‌أَلَا ‌أُنَبِّئُكُمْ بِأَكْبَرِ الْكَبَائِرِ؟» ثَلَاثًا، قَالُوا: بَلَى يَا رَسُولَ اللهِ، قَالَ: «الْإِشْرَاكُ بِاللهِ، وَعُقُوقُ الْوَالِدَيْنِ» وَجَلَسَ وَكَانَ مُتَّكِئًا، فَقَالَ: «أَلَا وَقَوْلُ الزُّورِ»، قَالَ: فَمَا زَالَ يُكَرِّرُهَا حَتَّى قُلْنَا: لَيْتَهُ سَكَتَ.

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"के म तिमीहरूलाई महापापको बारेमा नबताऊँ?" उहाँले यो तीन पटक दोहोर्याउनुभयो । उनीहरूले भने: अवश्य पनि, हे अल्लाहको रसूल! उहाँले भन्नुभयो: "अल्लाहसँग शिर्क गर्नु र आमाबाबुको अवज्ञा गर्नु ।" यसो भनिरहँदा उहाँ अडेस लगाउनु भएको थियो अनि जुरुक्क सामान्य अवस्थामा बस्नुभयो र भन्नुभयो : "c2">“सुन, झुट बोल्नु पनि ठूलो अपराध हो ।” उहाँले यो कुरा धेरै पटक दोहोर्याइरहनुभयो, यहाँसम्म हामीले भन्यौं: काश, चुप भइदिएको भए राम्रो हुन्थ्यो ।

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई सबैभन्दा ठूलो पापहरू वर्णन गर्दा यी तीनवटा पापहरू बताउनु भयो :
१) अल्लाहसँग शिर्क गर्नु: अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । अल्लाह बाहेक अरू कसैलाई अल्लाहको उपासना, उहाँको नाम र उहाँका गुणहरूमा प्रतिद्वन्द्वी ठहर गर्नु ।
२) आमाबाबुको अवज्ञा गर्नु: यसको मतलब बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो ।
३) झूट बोल्नु र यसमा झूटो गवाही दिनु समावेश छ : झूटो गवाही भनेको कसैको सम्पत्ति चोर्ने वा कसैको अपमान गर्ने उद्देश्यले गरिएको प्रत्येक झूटा बयानलाई जनाउँछ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झूट बोल्न विरुद्ध बारम्बार चेतावनी दिनुभयो, किनभने झूट एक खराब कुरा हो र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पारेको छ । यहाँसम्म उहाँका साथीहरूले उहाँको कष्ट देखेर उहाँप्रति माया देखाउदै चुप लाग्नुभएको भए बेश हुन्थ्यो भने ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सबैभन्दा ठूलो पाप शिर्क (अल्लाहलाई साझेदारी) गर्नु हो, किनकि उहाँले ठूलो पाप वर्णन गर्ने क्रममा यसलाई सबैभन्दा पहिलो घोषणा गर्नुभएको छ र कुर्आनको यो पदले पनि यसको पुष्टि गर्दछ: "वास्तवमा, अल्लाहले शिर्क (उहाँसँग साझेदार) गर्ने कसैलाई क्षमा गर्नुहुन्न र यसबाहेक उहाँले जसलाई चाहानुहुन्छ क्षमा गर्नुहुनेछ ।"
  2. आमाबाबुको अधिकारको महत्त्व, किनभने अल्लाहले उनीहरूको अधिकारलाई आफ्नो अधिकारको साथ वर्णन गर्नुभएको छ ।
  3. पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पापले प्रत्येक
  4. त्यो पापलाई बुझाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा रूपमा हराम छन् । जबकि साना पापहरूले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।
थप