عَن عَبْدِ اللهِ بْنِ عَمْرِو بْنِ الْعَاصِ رضي الله عنهما أَنَّهُ سَمِعَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، يَقُولُ:
«إِنَّ قُلُوبَ بَنِي آدَمَ كُلَّهَا بَيْنَ إِصْبَعَيْنِ مِنْ أَصَابِعِ الرَّحْمَنِ، كَقَلْبٍ وَاحِدٍ، يُصَرِّفُهُ حَيْثُ يَشَاءُ» ثُمَّ قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «اللهُمَّ مُصَرِّفَ الْقُلُوبِ صَرِّفْ قُلُوبَنَا عَلَى طَاعَتِكَ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2654]
المزيــد ...
अब्दुल्लाह बिन अम्र बिन अल-आस (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयोः मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ:
"निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी र जता चाहनुहुन्छ, त्यतै मोडिदिनुहुन्छ।" त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्नुभयो: "अल्लाहुम्म मुसर्रिफल-कुलुब, सर्रिफ कुलुबना अला ताअतिका" (अर्थात् "हे हृदयहरूलाई मोड्ने अल्लाह! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञाकारिता (उपासना) तर्फ मोडिदिनुहोस्।")
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2654]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि आदमका सन्तानका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी चाहनुहुन्छ, त्यसरी नै मोड्नुहुन्छ। यदि उहाँले चाहनुभयो भने त्यसलाई सत्यमा अडिग राख्नुहुन्छ र यदि उहाँले चाहनुभएन भने हृदय सत्य मार्गबाट विचलित हुन जान्छ। सबै हृदयहरूमाथि उहाँको नियन्त्रण ठीक त्यस्तै छ, जस्तो कुनै एक हृदयमाथि हुन्छ; उहाँ महान् हुनुहुन्छ र उहाँलाई एकै समयमा एउटा कार्यले अर्को कार्य गर्नबाट बाधा पुर्याउँदैन। त्यसपछि पैगम्बर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्दै भन्नुभयो: "हे अल्लाह! हे हृदयहरूलाई कहिले आज्ञाकारितातर्फ, कहिले पापतर्फ, कहिले जिक्रतर्फ र कहिले बेपर्बाहीतर्फ मोड्ने प्रभु! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञापालनतर्फ मोडाइदिनुहोस्।"