عن أبي هريرة رضي الله عنه قال:
سُئِلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ الْجَنَّةَ، فَقَالَ: «تَقْوَى اللهِ وَحُسْنُ الْخُلُقِ»، وَسُئِلَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ النَّارَ فَقَالَ: «الْفَمُ وَالْفَرْجُ».

[حسن صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 2004]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"

[हसन सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2004]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् भनी बताउनुभएको छ । यी दुई निम्न हुन्:
"तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार।
‘तकवा’ शब्दको अर्थ भनेको व्यक्तिले आफ्नो र अल्लाहको अजाब (दण्ड) को बीचमा अवरोध खडा गर्नु हो । यो सुरक्षा अल्लाहको आदेशहरू पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर प्राप्त हुन्छ ।
जबकि राम्रो व्यवहार भनेको मुस्कुराएर भेट्नु, पुण्य कर्म गर्नु र दुःख नदिनु हो ।
यसको विपरीत नर्कमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् । यी दुई हुन्:
जिब्रो र गुप्तागं को गलत उपयोग गरेर ।
जिब्रोबाट हुने पाप भनेको झुट बोल्ने, गीबत गर्ने (अर्काको कुरा काट्ने) र दुइ मुखे हुने आदी ।
गुप्तांगबाट हुने पाप भनेको व्यभिचार, समलिंगी सम्बन्ध र अन्य।"

हदीसका केही फाइदाहरू

  1. स्वर्गमा प्रवेश गर्ने केही माध्यमहरू अल्लाहसँग सम्बन्धित छन्, जसमध्ये एउटा अल्लाहको डर हो र केही मानिसहरूसँग सम्बन्धित छन्, जसमध्ये एउटा राम्रो व्यवहार हो ।
  2. जिब्रो मानिसको लागि खतरनाक अंग हो र यसको दुरुपयोग नरक जाने कारण हो ।
  3. कामवासना र अश्लीलता मानिसको लागि जोखिम हुन् र धेरै जसो मानिसहरू यसको कारण नरकमा प्रवेश गर्नेछन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप