+ -

عن أبي هريرة رضي الله عنه قال:
سُئِلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ الْجَنَّةَ، فَقَالَ: «تَقْوَى اللهِ وَحُسْنُ الْخُلُقِ»، وَسُئِلَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ النَّارَ فَقَالَ: «الْفَمُ وَالْفَرْجُ».

[حسن صحيح] - [رواه الترمذي وابن ماجه وأحمد]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन् :
कुन कुराले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो आचरण ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग ।"

हसन सही - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् भनी बताउनुभएको छ । यी दुई निम्न हुन्:
"तक्वा (अल्लाहको डर) र राम्रो नैतिकता ।
‘तकवा’ शब्दको अर्थ भनेको व्यक्तिले आफ्नो र अल्लाहको अजाब (दण्ड) को बीचमा अवरोध खडा गर्नु हो । यो सुरक्षा अल्लाहको आदेशहरू पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर प्राप्त हुन्छ ।
जबकि असल आचरण भनेको मुस्कुराएर भेट्नु, असल काम गर्नु र दुःख नदिनु हो ।
यसको विपरीत नर्कमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् । यी दुई हुन्:
जिब्रो र योनी ।
जिब्रोबाट हुने पाप भनेको झुट बोल्ने, गीबत गर्ने (अर्काको कुरा काट्ने) र दुइ मुखे गर्ने ।
गुप्तांगबाट हुने पाप भनेको व्यभिचार र चाकमा दुष्कर्म गर्ने इत्यादि ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. स्वर्गमा प्रवेश गर्ने केही माध्यमहरू अल्लाहसँग सम्बन्धित छन्, जसमध्ये एउटा अल्लाहको डर हो र केही मानिसहरूसँग सम्बन्धित छन्, जसमध्ये एउटा राम्रो आचरण हो ।
  2. जिब्रो मानिसको लागि खतरनाक अंग हो र यसको दुरुपयोग नरक जाने कारण हो ।
  3. कामवासना र अश्लीलता मानिसको लागि जोखिम हुन् र धेरै जसो मानिसहरू यसको कारण नरकमा प्रवेश गर्नेछन् ।
थप