+ -

عن عبد الله بن عمر رضي الله عنهما قال:
سَمِعَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلًا يَعِظُ أَخَاهُ فِي الْحَيَاءِ، فَقَالَ: «الْحَيَاءُ مِنَ الْإِيمَانِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 36]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 36]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्तिको लागि राम्रो हो भनी स्पष्ट पार्नुभयो ।
हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।

हदीसका केही फाइदाहरू

  1. राम्रो काम गर्नबाट रोक्ने स्वभावलाई लाज नभई लाचारी, कमजोरी र कायरता भनिन्छ ।
  2. अल्लाहप्रति हया भनेको उहाँको आदेशहरूको पालना गर्नु र उहाँले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
  3. मानिसहरुप्रति हया भनेको उनीहरुको सम्मान गर्नु, उनीहरुलाई उचित स्थान दिनु र सामान्यतया खराब मानिने कुराहरूबाट टाढा रहनु हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप