عن عبد الله بن عمر رضي الله عنهما قال:
سَمِعَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلًا يَعِظُ أَخَاهُ فِي الْحَيَاءِ، فَقَالَ: «الْحَيَاءُ مِنَ الْإِيمَانِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 36]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 36]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्तिको लागि राम्रो हो भनी स्पष्ट पार्नुभयो ।
हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।

हदीसका केही फाइदाहरू

  1. राम्रो काम गर्नबाट रोक्ने स्वभावलाई लाज नभई लाचारी, कमजोरी र कायरता भनिन्छ ।
  2. अल्लाहप्रति हया भनेको उहाँको आदेशहरूको पालना गर्नु र उहाँले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
  3. मानिसहरुप्रति हया भनेको उनीहरुको सम्मान गर्नु, उनीहरुलाई उचित स्थान दिनु र सामान्यतया खराब मानिने कुराहरूबाट टाढा रहनु हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप