+ -

عن تميم الداري رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«الدِّينُ النَّصِيحَةُ» قُلْنَا: لِمَنْ؟ قَالَ: «لِلهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ الْمُسْلِمِينَ وَعَامَّتِهِمْ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"धर्म भलाईको नाम हो "। हामीले सोध्यौ : कसको लागि ? उहाँले भन्नुभयो: "अल्लाह, उहाँको पुस्तक, उहाँका रसूल, मुस्लिम शासकहरू र आम जनताका लागि ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले धर्मको आधार वफादारी र इमानदारीमा रहेको बताउनुभएको छ । हरेक काम अल्लाहले अनिवार्य गरे बमोजिम गर्नु पर्छ । यसमा कुनै लापरवाही वा छल गर्नु हुँदैन ।
भलाई कसको लागि भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सोधियो अनि उहाँले भन्नुभयो:
१) अल्लाहको लागि नसीहत (भलाई) : यसको अर्थ हामीले उहाँको प्रसन्नता प्राप्त गर्नको लागि विशुद्ध रूपमा इबादत गर्नुपर्छ, उहाँसँग कसैलाई साझेदार गर्नु हुँदैन, उहाँको प्रभुत्व र पूजनीय हुनु र उहाँको नाम र गुणहरूमा आस्था राख्नुपर्छ, उहाँको आदेशको सम्मान गर्नुपर्छ र उहाँमाथि ईमान ल्याउन आह्वान गर्नुपर्छ ।
२) पवित्र कुर्आनको लागि नसीहत (भलाई) : यसको मतलब कुर्आन अल्लाहको वचन हो, उहाँद्वारा पठाइएको अन्तिम धर्म ग्रन्थ हो र यसले अघिल्ला सबै शरीयतहरूलाई रद्द गरेको छ स्वीकार गर्नुपर्छ । साथै, यस पुस्तकको सम्मान गरौं, यसलाई राम्ररी पढौं, यसको मुहकम (स्पष्ट अर्थ) श्लोकहरूको पालना गरौं र मुताशबिह (अस्पष्ट अर्थ) श्लोकहरूलाई स्वीकार गरौं, यसको आर्थलाई हेरफेर र गलत व्याख्या गर्नेहरुको पर्दाफाश गर्नुपर्छ । यसबाट ज्ञान सिक्नुपर्छ, यसको शिक्षालाई सर्वत्र फैलाउनुपर्छ र यसलाई स्वीकार गर्न मानिसहरूलाई आमन्त्रित गर्नुपर्छ ।
३) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को लागि नसीहत (भलाई) : यसको अर्थ हामीले उहाँलाई अन्तिम सन्देशवाहकको रुपमा विश्वास गर्नुपर्छ, उहाँले ल्याउनुभएको शिक्षालाई सत्य मान्नुपर्छ, उहाँका आदेशहरूको पालना गर्नुपर्छ, उहाँका निषेधित चीजहरूबाट टाढा रहनुपर्छ र उहाँका निर्देशनहरूको पालना गर्नुपर्छ । अल्लाहको उपासना उहाँले बताउनुभएको तरिका अनुसार मात्र गर्नुपर्छ । उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको निमन्त्रणा सर्वत्र फैलाउनु पर्छ । उहाँको शरियालाई मान्न आह्वान गर्नुपर्छ र उहाँमाथि लगाइएको आरोपहरूको खण्डन गर्नुपर्छ ।
४) मुस्लिम शासकहरूप्रति सद्भाव : यसको अर्थ उनीहरूलाई सही काममा सहयोग गर्नु, उनीहरूविरुद्ध विद्रोह नगर्नु र जबसम्म उनीहरू अल्लाहको आदेश अनुसार काम गरिरहेका छन् उनीहरूलाई मान्नु र आदेशको पालना गर्नुपर्छ ।
५) आम मुस्लिमहरूका लागि नसीहत (भलाई) : यसको अर्थ उनीहरूसँग राम्रो व्यवहार गर्नु, उनीहरूलाई असल काम गर्न आह्वान गर्नु, उनीहरूलाई दुःखबाट बचाउनु, उनीहरूको कल्याणको कामना गर्नु र धार्मिक कुराहरुमा उनीहरूको साथ र सहयोग गर्नु हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सबैको लागि नसीहत (भलाई) को आदेश ।
  2. धर्ममा परोपकारको ठूलो स्थान छ ।
  3. धर्म भनेको आस्था, वचन र कर्ममा आधारित हुनुपर्छ ।
  4. परोपकार र नसीहत गर्दा आफूलाई छल इत्यादिबाट शुद्ध पार्नुपर्छ र साथै उसको कल्याणको मनसाय हुनुपर्दछ ।
  5. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सिकाउने सबैभन्दा राम्रो तरिका भनेको पहिले कुनै कुरालाई संक्षिप्त रूपमा बयान गर्नु र त्यसपछि व्याख्या गर्नु हो ।
  6. कुनै कुराको वर्णन गर्दा तिनको महत्वलाई ध्यानमा राखेर सबैभन्दा महत्त्वपूर्णबाट सुरुवात गर्नुपर्छ । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले अल्लाहको परोपकारको उल्लेख गर्नुभयो, त्यसपछि अल्लाहको पुस्तकको परोपकार, त्यसपछि अल्लाहको दूतको परोपकार, त्यसपछि मुस्लिम शासकहरूको सद्भाव र त्यसपछि आम मुस्लिमहरूको सद्भावको उल्लेख गर्नुभयो ।