عَنْ طَلْحَةَ بْنِ عُبَيْدِ اللهِ رضي الله عنه قَالَ:
جَاءَ رَجُلٌ إِلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مِنْ أَهْلِ نَجْدٍ ثَائِرُ الرَّأْسِ، نَسْمَعُ دَوِيَّ صَوْتِهِ، وَلَا نَفْقَهُ مَا يَقُولُ حَتَّى دَنَا مِنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَإِذَا هُوَ يَسْأَلُ عَنِ الْإِسْلَامِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «خَمْسُ صَلَوَاتٍ فِي الْيَوْمِ وَاللَّيْلَةِ» فَقَالَ: هَلْ عَلَيَّ غَيْرُهُنَّ؟ قَالَ: «لَا، إِلَّا أَنْ تَطَّوَّعَ، وَصِيَامُ شَهْرِ رَمَضَانَ»، فَقَالَ: هَلْ عَلَيَّ غَيْرُهُ؟ فَقَالَ: «لَا، إِلَّا أَنْ تَطَّوَّعَ»، وَذَكَرَ لَهُ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ الزَّكَاةَ، فَقَالَ: هَلْ عَلَيَّ غَيْرُهَا؟ قَالَ: «لَا، إِلَّا أَنْ تَطَّوَّعَ»، قَالَ: فَأَدْبَرَ الرَّجُلُ، وَهُوَ يَقُولُ: وَاللهِ، لَا أَزِيدُ عَلَى هَذَا، وَلَا أَنْقُصُ مِنْهُ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «أَفْلَحَ إِنْ صَدَقَ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 11]
المزيــد ...
तलहा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि
नज्द (एक स्थान) का एकजना मानिस रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए। उनको कपाल जिङ्ग्रिङ्ग (अस्तव्यस्त) थियो। हामीले उनको आवाजको गुन्जन सुन्यौं तर उनी के भनिरहेका छन् त्यो बुझ्न सकिरहेका थिएनौं। जब उनी नजिक आए तब थाहा भयो कि उनी इस्लामको बारेमा सोध्दै थिए।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "दिन र रातमा पाँच नमाजहरू पढ्नु।"
उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ।" त्यसैगरी "रमजानको रोजाहरू राख्नु अनिवार्य छ।"
उनले फेरि सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर तिमीले स्वेच्छाले (अतिरिक्त) रोजाहरू राख्न सक्छौ।"
त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई जकातको बारेमा बताउनुभयो।
उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने अतिरिक्त दान दिन सक्छौ।"
त्यसपछि ती मानिस फर्किए र यसो भन्दै गए: "अल्लाहको कसम! म यसमा न त बढाउँछु, न घटाउँछु।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 11]
‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, उसको कपाल जिङ्ग्रिङ्ग परेको थियो र उसको आवाज चर्को भएकोले उसले भनिरहेको कुरा बुझ्न गार्हो थियो । यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको अनिवार्य कर्तव्यहरू बारे सोध्यो ?
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजका बारेमा बताउन सुरु गर्नुभयो र अल्लाहले दिन-रातमा पाँच नमाजहरू अनिवार्य गर्नुभएको कुरा जानकारी दिनुभयो।
उसले भन्यो: के मैले यी पाँच नमाज बाहेक अरू कुनै नमाजहरू पढ्न आवश्यक छ?
उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।"
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीमाथि अनिवार्य गर्नुभएको कर्तव्यहरू मध्ये रमजान महिनाको रोजा राख्नु हो ।
व्यक्तिले फेरि भन्यो: के म माथि रमजानको रोजा बाहेक अरु कुनै रोजा राख्नु अनिवार्य छ ?
उहाँले भन्नुभयो: छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातको बारेमा बताउनु भयो ।
व्यक्तिले भन्यो: के मैले अनिवार्य जकात पछि कुनै दान गर्नु पर्छ?
उहाँले भन्नुभयो: छैन, तर अतिरिक्त दान दिन सक्छौ ।
उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी अनिवार्य कुराहरु सुनेपछि फर्किएर जान लाग्यो र अल्लाहको कसम खाएर भन्यो : "म यी कुराहरूमा केही थपघट नगरी पालना गर्नेछु।" यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि ऊ आफ्नो भनाइमा सच्चा छ भने, ऊ सफल हुनेछ।"