عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ وَعَنْ أَبِي هُرَيْرَةَ رضي الله عنهما عَنِ النَّبِيِّ صلى الله عليه وسلم قَالَ:
«مَا يُصِيبُ الْمُسْلِمَ مِنْ نَصَبٍ وَلَا وَصَبٍ وَلَا هَمٍّ وَلَا حُزْنٍ وَلَا أَذًى وَلَا غَمٍّ حَتَّى الشَّوْكَةِ يُشَاكُهَا إِلَّا كَفَّرَ اللهُ بِهَا مِنْ خَطَايَاهُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5641]
المزيــد ...
अबू-सईद अल्-खुदरी र अबू-हुरैरह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5641]
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जुनसुकै रोग, दुःख, पीडा,समस्या, चिन्ता, कष्ट, डर र भोक आदि मुस्लिमलाई आइपर्छ, यहाँसम्म कि एउटा काँडा बिज्दा जुन पीडा हुन्छ, ती सबै उसको पापहरूका लागि प्रायश्चित स्वरूप बन्छन्।