عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ:
أَنَّ أَعْرَابِيًّا أَتَى النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: دُلَّنِي عَلَى عَمَلٍ إِذَا عَمِلْتُهُ دَخَلْتُ الجَنَّةَ، قَالَ: «تَعْبُدُ اللَّهَ لاَ تُشْرِكُ بِهِ شَيْئًا، وَتُقِيمُ الصَّلاَةَ المَكْتُوبَةَ، وَتُؤَدِّي الزَّكَاةَ المَفْرُوضَةَ، وَتَصُومُ رَمَضَانَ» قَالَ: وَالَّذِي نَفْسِي بِيَدِهِ لاَ أَزِيدُ عَلَى هَذَا، فَلَمَّا وَلَّى قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «مَنْ سَرَّهُ أَنْ يَنْظُرَ إِلَى رَجُلٍ مِنْ أَهْلِ الجَنَّةِ، فَلْيَنْظُرْ إِلَى هَذَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1397]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एउटा गाउँले व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भन्यो: "मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु।" उनले भने: "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले यसमा केही कुरा थप्ने छैन।" जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती (स्वर्गवासी) लाई हेर्न चाहन्छ, उसले यो व्यक्तिलाई देखोस्।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1397]

व्याख्या

गाउँबाट एकजना सहाबी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भई स्वर्गमा लैजाने कामबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो कि स्वर्गमा प्रवेश र नर्कबाट मुक्ति तब मात्र सम्भव छ जब इस्लामका पाँच स्तम्भहरूको पूर्ण पालना गरिन्छ। उहाँले अगाडि भन्नुभयो कि यसका लागि केवल अल्लाहको उपासना गर्नु अनिवार्य छ र उहाँको उपासना गर्दा कसैलाई पनि उहाँको साझेदार बनाउनु हुँदैन। साथै, अल्लाहले आफ्ना भक्तहरूमाथि अनिवार्य गर्नुभएको पाँच समयको नमाज हरेक दिन पढ्नुपर्छ। अल्लाहले तोक्नुभएको जकात (दान) निकाल्नुपर्छ र त्यसलाई हकदारसम्म पुर्याउनुपर्छ। यसका अतिरिक्त, रमजान महिनाको रोजा (व्रत) तोकिएको समयमै राख्नुपर्छ। यो सुनेर ती सहाबीले भने, "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले तपाईंबाट सुनेका यी अनिवार्य कार्यहरूमा न त केही थप्नेछु न त केही घटाउनेछु।" जब ती सहाबी फर्कन थाले, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो व्यक्ति कुनै जन्नती (स्वर्गमा जाने) लाई हेरेर खुसी हुन चाहन्छ, उसले यो गाउँलेलाई हेरोस्।"

हदीसका केही फाइदाहरू

  1. मानिसलाई इस्लामतर्फ आह्वान गर्दा सबै भन्दा पहिला तौहीद (एकेश्वरवाद) बाट सुरु गर्नुपर्छ ।
  2. हालै इस्लाम स्वीकार गरेको व्यक्तिलाई केवल अनिवार्य (वाजिब) कुराहरू सिकाउनु पर्याप्त हुन्छ।
  3. इस्लाम धर्मको निम्ति आह्वान गर्दा क्रमिक रूपमा गर्नुपर्छ।
  4. यस हदीसबाट मानिस आफ्नो धर्म सिक्न उत्सुक थियो भन्ने कुरा स्पष्ट हुन्छ ।
  5. यदि कुनै मुस्लिमले केवल फर्ज (अनिवार्य) कुराहरू मात्र गर्छ भने ऊ सफल हुनेछ, तर यसको अर्थ सुन्नत (अतिरिक्त) लाई बेवास्ता गर्नु कदापि होइन। किनभने फर्जमा भएको कमीलाई सुन्नतले पूर्ति गर्छ।
  6. केही विशेष उपासनाहरू उल्लेख गर्नुले ती उपासनाहरूको महत्त्व र ती गर्न प्रोत्साहित गरिएको कुराको प्रमाण हो। यसको अर्थ अन्य कुराहरू अनिवार्य छैनन् भन्ने कदापि होइन।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप