श्रेणी:

عَنْ أُمِّ المُؤْمِنِينَ أُمِّ عَبْدِ اللَّهِ عَائِشَةَ رَضِيَ اللَّهُ عَنْهَا، قَالَتْ: قَالَ: رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّم:
«مَنْ أَحْدَثَ فِي أَمْرِنَا هَذَا مَا لَيْسَ مِنْهُ فَهُوَ رَدٌّ». وَفِي رِوَايَةٍ لِمُسْلِمٍ: «مَنْ عَمِلَ عَمَلًا لَيْسَ عَلَيْهِ أَمْرُنَا فَهُوَ رَدٌّ».

[صحيح] - [رواه البخاري ومسلم] - [الأربعون النووية: 5]
المزيــد ...

उम्मुल मोमिनीन उम्म अब्दिल्लाह आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले हाम्रो यस धर्ममा कुनै पनि नयाँ कुरा निकाल्छ जुन धर्मको भाग होइन, त्यो अस्वीकार्य मानिन्छ।" मुस्लिमको अर्को हदीसमा छ: “जसले यस्तो कर्म गर्छ जसप्रति हाम्रो आदेश छैन, त्यस्तो कर्म अस्वीकार्य मानिन्छ।”

[सही] - [رواه البخاري ومسلم] - [الأربعون النووية - 5]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।

हदीसका केही फाइदाहरू

  1. ईबादत (उपासना) को आधार कुरान र हदीस हो । तसर्थ, हामी कुरान र हदीसमा उल्लेख गरिएको तरिका अनुसार अल्लाहको उपासना गर्नेछौं ।
  2. तसर्थ, नयाँ उपासना वा उपासनाका नयाँ रूपहरूबाट सधैं टाढा रहनुहोस् ।
  3. धर्म - विचार र राम्रा भावनामा आधारित छैन । यो त रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरणमा आधारित छ ।
  4. यो हदीस धर्मको पूर्णताको प्रमाण हो ।
  5. बिदअत भनेको त्यो प्रत्येक आस्था, कथन वा कार्य हो जुन धर्मको रूपमा आविष्कार गरिएको हो र यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका साथीहरूको समयमा थिएन ।
  6. यो हदीस, धर्मको नाममा नयाँ अभ्यास (बिदअत) हरू र अन्य निन्दनीय कार्य (मुन्करात) हरूको खण्डन गर्ने एक आधारभूत सिद्धान्त हो।
  7. यस हदीसले इस्लामको आधारहरुमध्ये एक महत्वपूर्ण सिद्धान्त र इबादतको लागि यो एक मापदण्ड प्रस्तुत गर्दछ । जसरी कुनै कार्यमा इख्लास (अल्लाहको प्रसन्नता) छैन भने गर्ने व्यक्तिले त्यसको कुनै प्रतिफल पाउँदैन, त्यसैगरी यदि इबादत रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका अनुसार छैन भने गर्ने व्यक्ति तर्फ फर्काइनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
वर्गीकरण
थप