श्रेणी:

عَنْ أَبِي مُحَمَّدٍ عَبْدِ اللَّهِ بْنِ عَمْرِو بْنِ العَاصِ رَضِيَ اللَّهُ عَنْهُمَا، قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى يَكُونَ هَوَاهُ تَبَعًا لِمَا جِئْتُ بِهِ».

[قال النووي: حديث صحيح] - [رويناه في كتاب الحجة بإسناد صحيح] - [الأربعون النووية: 41]
المزيــد ...

अबु मुहम्मद अब्दुल्लाह बिन अम्र बिन अल-आस (रदियल्लाहु अन्हुमा) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।"

[قال النووي: حديث صحيح] - [رويناه في كتاب الحجة بإسناد صحيح] - [الأربعون النووية - 41]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, कुनै व्यक्ति तबसम्म पूर्णतः आस्थावान् हुँदैन, जबसम्म उसको प्रेम र अभिरुचि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का आदेश र निषेधअनुसार हुँदैन। साँचो आस्थावान् त्यही हो, जसले रसूलले आदेश दिनुभएका कार्यहरूप्रति प्रेम राख्छ र जुन कुराहरूलाई निषेध गर्नुभएको छ, त्यसप्रति घृणा राख्छ।

हदीसका केही फाइदाहरू

  1. यो हदीस इस्लामी शरीअत (धार्मिक विधान) प्रति पूर्ण समर्पण र त्यसको आज्ञापालन सम्बन्धी एक आधारभूत सिद्धान्त हो।
  2. यस हदीसमा यो चेतावनी दिइएको छ, जसले आफ्नो विचार-बुद्धि वा प्रथा (रीति) लाई प्राथमिकता दिई त्यसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको सन्देश र विधिभन्दा माथि राख्दछ, त्यस्तो व्यक्तिले आस्था (ईमान) गुमाएको मानिन्छ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ: “मैले जे सन्देश लिएर आएको छु” ले यो कुरा प्रस्ट हुन्छ, सबै मामिलामा शरिया कानून लागू गर्नु अनिवार्य हो।
  4. आज्ञाकारिताले विश्वास (ईमान) बढ्छ र अवज्ञाले घट्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
वर्गीकरण
थप