عَنْ المِقْدَادِ بْنَ عَمْرٍو الكِنْدِيَّ رضي الله عنه:
أَنَّهُ قَالَ لِرَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: أَرَأَيْتَ إِنْ لَقِيتُ رَجُلًا مِنَ الكُفَّارِ فَاقْتَتَلْنَا، فَضَرَبَ إِحْدَى يَدَيَّ بِالسَّيْفِ فَقَطَعَهَا، ثُمَّ لاَذَ مِنِّي بِشَجَرَةٍ، فَقَالَ: أَسْلَمْتُ لِلَّهِ، أَأَقْتُلُهُ يَا رَسُولَ اللَّهِ بَعْدَ أَنْ قَالَهَا؟ فَقَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لاَ تَقْتُلْهُ» فَقَالَ: يَا رَسُولَ اللَّهِ إِنَّهُ قَطَعَ إِحْدَى يَدَيَّ، ثُمَّ قَالَ ذَلِكَ بَعْدَ مَا قَطَعَهَا؟ فَقَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لاَ تَقْتُلْهُ، فَإِنْ قَتَلْتَهُ فَإِنَّهُ بِمَنْزِلَتِكَ قَبْلَ أَنْ تَقْتُلَهُ، وَإِنَّكَ بِمَنْزِلَتِهِ قَبْلَ أَنْ يَقُولَ كَلِمَتَهُ الَّتِي قَالَ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4019]
المزيــد ...
मिक्दाद बिन अम्रर अल् किन्दी (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ:
उनले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "हे अल्लाहका रसूल! यदि म कुनै काफिरसँग भेट गर्छु र हामी एकअर्कासँग लड्न थाल्छौं र उसले आफ्नो तरवारले मेरो एउटा हातमा प्रहार गर्छ र त्यसलाई काट्छ अनि मबाट बच्नको लागि उसले रूखको पछाडि लुक्छ र भन्छ, "मैले अल्लाहको लागि इस्लाम स्वीकार गरेको छु।" के मैले त्यसो भनेपछि पनि उसलाई मार्नु पर्छ? उहाँले भन्नुभयो, "उसलाई नमार।" मैले भने, "हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटेको छ र उसले यो कुरा मेरो हात काटे पछि भनेको हो । (के मैले उसलाई मार्नु हुँदैन?) उहाँले भन्नुभयो "उसलाई नमार। यदि तिमीले उसलाई मार्यौ भने, ऊ तिमीले उसलाई मार्न अघिको स्थितिमा फर्किनेछ र तिमी यो वाक्य उच्चारण गर्नु अघिको स्थितिमा फर्किनेछौ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4019]
मिक्दाद बिन अस्वद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, जब युद्धभूमिमा कुनै काफिरसँग भेट्छन्, प्रत्येकले आफ्नो तरवार लिएर एकअर्कासँग हानाहान गर्छ। यदि काफिरले तलवारले मेरो एउटा हात काट्छ, अनि भागेर एउटा रूखको पछाडि शरण लिन्छ र भन्छ, "ला इलाह इल्लल्लाह" (अल्लाह बाहेक कोहि पूज्नीय छैन) ।" के उसलाई मार्न मेरो लागि वैध छ, जबकि उसले मेरो हात काटिसकेको छ?
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: त्यसलाई नमार।
जवाफ सुनेपछि उसले भन्यो: हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटिदियो, यसका बाबजूद मैले उसलाई नमार्ने ?
उहाँले भन्नुभयो : उसलाई नमार, किनकि अब उसलाई मार्न निषेध गरिएको छ। यदि तपाईंले उसलाई मुस्लिम भइसकेपछि पनि मार्नुहुन्छ भने, उसलाई निर्दोष मानिनेछ किनभने ऊ मुस्लिम भइसकेको छ, जबकि उसलाई मार्दा किसास अनुसार तपाईंको आफ्नै रगत हलाल हुन्छ।