+ -

عن جرير بن عبد الله رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ لَا يَرْحَمِ النَّاسَ لَا يَرْحَمْهُ اللهُ عَزَّ وَجَلَّ».

[صحيح] - [متفق عليه]
المزيــد ...

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
" जसले मानिसहरूलाई दया गर्दैन, अल्लाहले उसलाई दया गर्नुहुन्न ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दया नदेखाउनेलाई अल्लाहले दया देखाउँदैनन् भनेर बताउँदै हुनुहुन्छ । यसरी हेर्दा अल्लाहका प्राणीहरूप्रति दया देखाउनु अल्लाहको कृपा प्राप्त गर्ने ठूलो माध्यम हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सम्पूर्ण प्राणीहरुप्रति दया चाहिन्छ, तर यहाँ 'मानिस' लाई ध्यानाकर्षण गर्न विशेषरूपमा उल्लेख गरिएको छ ।
  2. अल्लाह परम दयालु हुनुहुन्छ र आफ्ना दयालु सेवकहरूलाई दया गर्नुहुन्छ । किनभने इनाम उसको कर्मको प्रकृति अनुसार दिइन्छ ।
  3. मानिसहरूप्रति दयालु हुनु भनेको उनीहरूको लागि राम्रो गर्नु, उनीहरूलाई शर (बुराइ) बाट बचाउनु र उनीहरूसँग राम्रो व्यवहार गर्नु पनि समावेश छ ।
थप