عن جرير بن عبد الله رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ لَا يَرْحَمِ النَّاسَ لَا يَرْحَمْهُ اللهُ عَزَّ وَجَلَّ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2319]
المزيــد ...

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
" जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2319]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दया नदेखाउनेलाई अल्लाहले दया देखाउँदैनन् भनेर बताउँदै हुनुहुन्छ । यसरी हेर्दा अल्लाहका प्राणीहरूप्रति दया देखाउनु अल्लाहको कृपा प्राप्त गर्ने ठूलो माध्यम हो ।

हदीसका केही फाइदाहरू

  1. दया सबै प्राणीहरूको लागि आवश्यक छ, तर विशेष रूपमा मानिसहरूको उल्लेख गरेर तिनीहरूको प्रति विशेष ध्यान दिइएको छ।
  2. अल्लाह परम दयालु हुनुहुन्छ र आफ्ना दयालु सेवकहरूमाथि दया गर्नुहुन्छ । किनभने बदला उसैका कर्मको अनुसार दिइन्छ ।
  3. मानिसहरूप्रति दयालु हुनु भनेको उनीहरूको लागि राम्रो गर्नु हो, उनीहरूलाई हानी नोक्सानी बाट बचाउनु र उनीहरूसँग राम्रो व्यवहार गर्नु पनि समावेश छन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप