عَنِ ابْنِ عَبَّاسٍ رَضِيَ اللَّهُ عَنْهُمَا قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«نِعْمَتَانِ مَغْبُونٌ فِيهِمَا كَثِيرٌ مِنَ النَّاسِ: الصِّحَّةُ وَالفَرَاغُ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6412]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
दुई वटा नेमत (अनुग्रह) छन् जसमा धेरै मानिसहरू धोका खान्छन्: स्वास्थ्य र खाली समय।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6412]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसमाथि अल्लाहबाट प्राप्त दुई महान अनुग्रहहरूको बारेमा जानकारी गराउनुभयो, जुन धेरै मानिसहरूले गलत ठाउँमा प्रयोग गरेर गुमाउँछन्; यदि कुनै व्यक्तिसँग फुर्सदको समयसँगै स्वास्थ्यको आशीर्वाद छ र ऊ आज्ञाकारितामा सुस्ती गर्छ भने ऊ घाटा व्यहोर्ने व्यक्ति हो र धेरैजसो मानिसहरूको यही अवस्था छ। यदि उसले आफ्नो खाली समय र स्वास्थ्यलाई अल्लाहको आज्ञाकारितामा प्रयोग गर्छ भने, ऊ लाभमा हुन्छ, किनकि यो संसार परलोकको खेती हो र यो त्यो व्यापार हो जसको नाफा परलोकमा देखा पर्छ। खाली समय पछि व्यस्तता आउँछ, स्वास्थ्य पछि रोग लाग्छ र यदि रोग नभए पनि बुढ्यौली त अवश्य आउँछ।

हदीसका केही फाइदाहरू

  1. जिम्मेवार व्यक्तिलाई व्यापारीसँग, स्वास्थ्य र खाली समयलाई पूँजीसँग तुलना गरिएको छ; जसले आफ्नो पूँजीको उत्तम प्रयोग गर्छ उसले लाभ र नाफा पाउनेछ र जसले यसलाई खेर फाल्छ घाटा बेहोर्छ र पछुताउनेछ।
  2. इब्न अल-खाजिनले भने: नेमत भनेको मानिसले आनन्द लिने र रमाइलो गर्ने कुरा हो। र ‘घाटा’ भनेको कुनै वस्तु धेरै महँगोमा किन्नु वा सस्तोमा बेच्नु हो। त्यसैले जसको शरीर स्वस्थ छ र काँधामा व्यस्तताहरूको बोझ नहोस्। तर उसले आफ्नो मृत्युपछिको जीवनको सुधारको लागि प्रयास गर्दैन, भने व्यापारमा घाटा बेहोरेझैँ हुन्छ।
  3. यसमा स्वास्थ्य र खाली समयलाई खेर जानु भन्दा पहिला अल्लाहको निकटता प्राप्त गर्न र असल कामहरूमा सदुपयोग गर्न प्रोत्साहन छ।
  4. अल्लाहको वरदानलाई उहाँको आज्ञाकारितामा प्रयोग गरेर धन्यवाद दिन सकिन्छ।
  5. काजी र अबु बक्र इब्न अल-अरबीले भने: अल्लाहले भक्तलाई दिनुभएको पहिलो अनुग्रह के हो भन्नेमा मतभेद छ। कसैले भने — ईमान, कसैले भने — जीवन, कसैले भने — स्वास्थ्य। तर पहिलो मत ईमान नै बढी उपयुक्त छ, किनकि त्यो पूर्ण र निरपेक्ष अनुग्रह (निमत) हो। जीवन र स्वास्थ्य त दुनियावी अनुग्रह हुन्, र ईमानसँग जोडिएपछि मात्र त्यो वास्तवमै साँचो अनुग्रह (निमत) हुन्छ। धेरै मानिसहरू यसमा घाटा बेहोर्छन्, अर्थात् उनीहरूको नाफा हराउँछ वा घट्दछ। अतः जो आफ्नो खराब प्रवृत्तिलाई पछ्याउँदै आराममा मात्र रमाउँछ र अल्लाहका हदहरू पालन नगरी इबादतमा निरन्तरता राख्दैन, ऊ घाटामा पर्छ। त्यस्तै, यदि मानिस खाली छ भने उसलाई कुनै बहाना छैन; व्यस्त मानिसलाई त बहाना हुन सक्छ, तर खाली मानिसलाई बहाना छैन, उसमाथि प्रमाण स्थापित हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية البنجابية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप