+ -

عن عائشة رضي الله عنها قالت: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«إنَّ المُؤْمِنَ ليُدرِكُ بِحُسْنِ خُلُقِهِ دَرَجَةَ الصَّائِمِ القَائِمِ».

[صحيح بشواهده] - [رواه أبو داود وأحمد] - [سنن أبي داود: 4798]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"

[शवाहिद (गवाहहरु) ले गर्दा सही हो] - [अबू दाउद र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 4798]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, राम्रो व्यवहारले व्यक्तिलाई निरन्तर रोजा राख्ने र तहज्जुद पढ्ने व्यक्तिको स्थानमा पुर्‍याउँछ । राम्रा व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु र अरुले चोट पुर्याउँछ भने धैर्य गर्नु हो ।

हदीसका केही फाइदाहरू

  1. इस्लामले मानवको दैनिक व्यवहारलाई श्रेष्ठ र पूर्ण बनाउनमा धेरै ध्यान दिएको छ ।
  2. राम्रा व्यवहारको महत्व यति धेरै छ, यसबाट मानिसले निरन्तर व्रत बस्ने र थकित नभई तहज्जुद पढ्ने व्यक्तिको दर्जा प्राप्त गर्छ ।
  3. दिनमा व्रत बस्नु र राति तहज्जुद पढ्नु दुवै महान् कर्म हुन्, जसका लागि आत्माले ठूलो कष्ट सहनुपर्ने हुन्छ । तर राम्रो व्यवहार भएको व्यक्ति यी दुई कार्य गर्ने व्यक्तिको बराबर हुन्छ, किनकि आफूलाई राम्रो व्यवहारमा लगाउनु संघर्षको काम हो।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप