عن أنس بن مالك رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّ اللهَ لَيَرْضَى عَنِ الْعَبْدِ أَنْ يَأْكُلَ الْأَكْلَةَ فَيَحْمَدَهُ عَلَيْهَا، أَوْ يَشْرَبَ الشَّرْبَةَ فَيَحْمَدَهُ عَلَيْهَا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2734]
المزيــد ...

अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
" निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2734]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले यो स्पष्ट पार्नु भएको छ कि अल्लाहको सेवकले आफ्नो परमेश्‍वरको अनुग्रह र बरकतहरूको लागि प्रशंसा गर्नु, ती कुराहरू मध्ये एक हो जसबाट अल्लाहको प्रशन्नता प्राप्त हुन्छ। तसर्थ, सेवकले खाना खादा: ‘अल्हम्दुलिल्लाह ' (सबै प्रशंसा अल्लाहको लागि हो) , वा पानी पिउदा ‘अल्हम्दुलिल्लाह’ भन्नु यी मध्ये हुन्।

हदीसका केही फाइदाहरू

  1. मानिसहरू प्रति अल्लाहको कृपा; उहाँले जीविका प्रदान गर्नुहुन्छ र प्रशंसा गरेको खण्डमा प्रसन्न हुनुहुन्छ ।
  2. खानपिनपछि 'अल्हम्दु लिल्लाह' भने जस्ता साना कार्यहरूबाट पनि अल्लाहको खुशी प्राप्त हुन्छ ।
  3. खानपिनपछि अल्लाहको प्रशंसा गर्नु भनेको खानपिनका सभ्य व्यवहार हरू मध्ये एक हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप