+ -

عن سعد بن أبي وقاص رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«إِنَّ اللهَ يُحِبُّ الْعَبْدَ التَّقِيَّ الْغَنِيَّ الْخَفِيَّ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निस्सन्देह, अल्लाहले धर्मी, धनी र गोप्य (दिखावाबाट टाढा रहने) सेवकलाई माया गर्नुहुन्छ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

अल्लाहले आफ्ना केही सेवकहरूलाई माया गर्नुहुन्छ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ ।
जसमध्ये एउटा मुत्तकी हो, अर्थात् अल्लाहको आदेशको पालना गर्ने र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहने व्यक्ति ।
दोस्रो हृदयको धनी व्यक्ति हो, जसले अल्लाह बाहेक अरु कसैसित केही माग्दैन र आफ्नो आवश्यकताहरू व्यक्त गर्दैन ।
उहाँले गोप्य र साधारण व्यक्तिलाई माया गर्नुहुन्छ : जसले आफ्नो पालनकर्ताको उपासना गर्दछ, राम्रो काममा व्यस्त रहन्छ र कसैले उसलाई चिनोस् वा प्रशंसा गरोस् भनेर ध्यान दिँदैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अल्लाहको प्रेम प्राप्त गर्ने केही विशेषताहरूको वर्णन, जस्तै अल्लाहको डर, नम्रता र अल्लाहले प्रदान गर्नुभएको कुरामा खुसी र सन्तुष्ट हुनु हो ।
थप