عَنْ عَبْدِ اللهِ بنِ مَسْعُودٍ رضي الله عنه قال:
سَأَلْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: أَيُّ الذَّنْبِ أَعْظَمُ عِنْدَ اللهِ؟ قَالَ: «أَنْ تَجْعَلَ لِلهِ نِدًّا وَهُوَ خَلَقَكَ» قُلْتُ: إِنَّ ذَلِكَ لَعَظِيمٌ، قُلْتُ: ثُمَّ أَيُّ؟ قَالَ: «وَأَنْ تَقْتُلَ وَلَدَكَ؛ تَخَافُ أَنْ يَطْعَمَ مَعَكَ» قُلْتُ: ثُمَّ أَيُّ؟ قَالَ: «أَنْ تُزَانِيَ حَلِيلَةَ جَارِكَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4477]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4477]

व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधिएको छ, सबैभन्दा ठूलो पाप के हो? उहाँले भन्नुभयो: सबैभन्दा ठूलो पाप शिर्क अकबर (बहु ईश्वरवाद) हो । शिर्क अकबर भनेको अल्लाहको "उलूहीयत" (ईश्वरत्व) मा वा "रूबुबीयत" (प्रभुत्व) मा वा "अस्मा व सिफात" (उहाँको नाम र विशेषताहरू) मा कुनै साझेदार ठहर गर्नु वा उहाँको बराबरीमा अरु कसैलाई ठान्नु हो । यो पापलाई अल्लाहले (व्यक्तिले गरेको) पश्चात्ताप बिना माफ गर्नुहुन्न । यदि कोही शिर्कमा लिप्त भएको अवस्थामा मर्छ भने ऊ सधैं नरकमा रहन्छ । त्यसपछि दोस्रो ठूलो पाप भनेको आफ्नो बच्चालाई खाने खर्चको डरले मार्नु हो । हत्या गर्नु त्यत्तिकैमा ठूलो पाप हो, त्यसमाथि यदि हत्यारा र पीडितबीच रगतको सम्बन्ध छ भने त्यो झनै ठूलो हुन्छ। त्यसैगरी सन्तान हत्याको उद्देश्य अल्लाहले प्रदान गर्नुएको भोजन सँगै खान्छ भन्ने डर हुँदा पाप अझ ठूलो हुन्छ । तेस्रो ठूलो पाप भनेको आफ्नो छिमेकीकी श्रीमतीलाई बहकाएर अनि प्रलोभनमा पारेर व्यभिचार गर्नु हो । व्यभिचार गर्नु निषेधित छ, त्यसमाथि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्दा यसको पाप अझै बढ्छ, किनभने शरियतले छिमेकीसँग राम्रो व्यवहार गर्न आदेश दिएको छ ।

हदीसका केही फाइदाहरू

  1. जसरी राम्रो कर्मको पुण्यमा भिन्नता हुन्छ, त्यसरी नै पापहरू पनि ठूला-साना हुन्छन् ।
  2. सबैभन्दा ठुलो पाप अल्लाहसँग शिर्क गर्नु, त्यसपछि खाने खर्चको डरले आफ्नो बच्चालाई मार्नु र त्यसपछि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्नु हो ।
  3. जीविका अल्लाहको हातमा छ र उहाँले नै सबै सृष्टिहरूको जीविकाको प्रबन्ध गर्नुभएको छ ।
  4. छिमेकीको अधिकारको महत्वपूर्ण छ र छिमेकीलाई हानि पुर्याउनु अर्को व्यक्तिलाई हानि पुर्याउनु भन्दा ठूलो पाप हो ।
  5. केवल सृष्टिकर्ता (अल्लाह) मात्र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (57)
थप