+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه:
أَنَّ رَجُلًا قَالَ: يَا رَسُولَ اللهِ إِنَّ لِي قَرَابَةً أَصِلُهُمْ وَيَقْطَعُونِي، وَأُحْسِنُ إِلَيْهِمْ وَيُسِيئُونَ إِلَيَّ، وَأَحْلُمُ عَنْهُمْ وَيَجْهَلُونَ عَلَيَّ، فَقَالَ: «لَئِنْ كُنْتَ كَمَا قُلْتَ، فَكَأَنَّمَا تُسِفُّهُمُ الْمَلَّ وَلَا يَزَالُ مَعَكَ مِنَ اللهِ ظَهِيرٌ عَلَيْهِمْ مَا دُمْتَ عَلَى ذَلِكَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2558]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
एक व्यक्तिले भने: 'हे अल्लाहका रसूल! मेरो केही नातेदार छन्, म उनीहरूसँग सम्बन्ध कायम राख्छु तर उनीहरू मसँग सम्बन्ध तोड्छन्। म उनीहरूप्रति राम्रो व्यवहार गर्छु तर उनीहरू मलाई नराम्रो गर्छन्। म उनीहरूको बारेमा धैर्य राख्छु तर उनीहरू मलाई अज्ञानतापूर्ण व्यवहारले पिरोल्छन्।' रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: 'यदि तिमीले भनेझैं गर्यौ भने, मानौं तिमी तिनीहरूलाई तातो खरानी ख्वाउँदैछौ, र अल्लाहको समर्थन सधैं तिमीसँग हुनेछ, जबसम्म तिमी त्यही मार्गमा रहन्छौ।।'

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2558]

व्याख्या

एक व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष गुनासो गरे कि उनी आफ्ना नातेदारहरूसँग राम्रो व्यवहार गर्छन्, तर तिनीहरूले उल्टो व्यवहार गर्छन्। उनी तिनीहरूलाई भेट्न र सम्बन्ध कायम राख्न प्रयास गर्छन्, तर तिनीहरूले सम्बन्ध तोड्छन्। उनी तिनीहरूप्रति भलाइ र इमान्दारिता देखाउँछन्, तर तिनीहरूले अन्याय र कठोरता देखाउँछन्। उनी सहनशील रहन्छन् र क्षमा गर्छन्, तर तिनीहरूले खराब कुरा र क्रियाकलापद्वारा उनको अपमान गर्छन्। उनले सोधे, "के म यस्तै व्यवहारको बाबजुद पनि तिनीहरूसँग सम्बन्ध कायम राखिरहनुपर्छ?
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले उनलाई भने: यदि यो तिमीले भनेजस्तै छ, भने तिमी आफ्ना नातेदारहरूलाई उनीहरूको आफ्नै आँखामा लज्जित र तुच्छ बनाउँदैछौ। यस्तो लाग्छ कि तिमी तिनीहरूलाई तातो खरानी खुवाउँदैछौ, किनभने तिम्रो धेरै भलाइ र तिनीहरूको खराब व्यवहार तिनीहरूको आत्मसम्मानलाई कमजोर बनाउँछ। तिमीसँग सधैं अल्लाहबाट एक सहायक हुनेछ, जसले तिनीहरूको हानीबाट रक्षा गर्नेछ, जबसम्म तिमी तिनीहरूप्रति यसै प्रकारको भलाइमा रहन्छौ र उनीहरू तिमीप्रति आफ्नो खराब व्यवहार गरी रहन्छन्।

हदीसका केही फाइदाहरू

  1. खराब व्यवहारको जवाफ राम्रोसँग दिनु यो आशा गर्दै कि खराब गर्ने व्यक्ति सत्यतर्फ फर्किन्छ, जस्तो कि अल्लाहले भनेका छन्: (जवाफ राम्रो तरिकाले देऊ, त्यसपछि तिमी र जसको बीचमा शत्रुता छ, ऊ नजिकको मित्र जस्तो हुनेछ।)
  2. अल्लाहको आदेशको पालन गर्दा, यदि कुनै पीडा पनि भोग्नुपरे, यो मोमिन बन्दाका लागि अल्लाहको मद्दत प्राप्त हुने कारण बन्छ।
  3. आफन्तसँगको सम्बन्ध तोड्नु भनेको संसारमा पीडा र यातना हो, र परलोकमा पाप र हिसाब-किताबको कारण पनि हो।
  4. मुसलमानले आफ्नो असल कर्म अल्लाहको लागि गर्ने प्रयत्न गर्नुपर्छ, र मानिसहरूको दुःख वा पीडा र उनीहरूको सम्बन्धविच्छेदले उसलाई आफ्ना राम्रो बानीहरूबाट रोक्नु हुँदैन।
  5. नातेदारहरूसँग सम्बन्ध कायम राख्ने व्यक्ति त्यो होइन, जसले केवल तिनीहरु सँग नै सम्बन्ध जोड्नेगर्छ जसले उसँग सम्बन्ध जोड्छन। बरु तर साँचोमा सम्बन्ध कायम राख्ने व्यक्ति तिनी हुन्, जसले जब उनका नातेदारहरूले सम्बन्ध तोड्छन्, तब पनि सम्बन्ध जोडिराख्छन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप