عن عبد الله بن عمرو رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«لَيْسَ الْوَاصِلُ بِالْمُكَافِئِ، وَلَكِنِ الْوَاصِلُ الَّذِي إِذَا قُطِعَتْ رَحِمُهُ وَصَلَهَا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 5991]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 5991]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, नातागोता प्रति सद्भाव र उनीहरुसँग सम्बन्ध कायम राख्ने आदर्श व्यक्ति त्यो होइन, जसले उसँग सद्भाव राखे मात्र बदलामा सद्भाव कायम राख्छ । बरु वास्तविक आदर्श व्यक्ति त्यो हो जससँग उसको आफन्तहरुले नातेदारी विच्छेद र दुर्व्यवहार गरे पनि तिनीहरूसँग सम्बन्ध जोडेर राख्छ र सद्भाव कायम राख्छ ।

हदीसका केही फाइदाहरू

  1. शरियतको दृष्टिमा, सम्बन्ध तोड्नेसँग सम्बन्ध कायम गर्नु, गल्ती गर्नेलाई क्षमा गर्नु र वञ्चित गर्नेलाई प्रदान1 गर्नु हो । सुसम्बन्धको सट्टामा मात्र सम्बन्ध कायम राख्नु सम्बन्धन होइन ।
  2. सम्बन्ध कायम राख्नु भनेको आफन्तसँग सकेसम्म भलाइ गर्नु हो । उदाहरणका लागि उनीहरूको आर्थिक रूपमा मद्दत गर्नु, उनीहरूका लागि प्रार्थना गर्नु, उनीहरूलाई असल कर्म गर्न आदेश दिनु र खराब काम गर्नबाट रोक्नु आदि । त्यसैगरी सकेसम्म उनीहरुलाई हानि पुर्याउने कुराहरू बाट सुरक्षित राख्नु हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप