+ -

عَنْ ‌عَائِشَةَ رَضِيَ اللهُ عَنْهَا قَالَتْ:
تَلَا رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ هَذِهِ الْآيَةَ: {هُوَ الَّذِي أَنْزَلَ عَلَيْكَ الْكِتَابَ مِنْهُ آيَاتٌ مُحْكَمَاتٌ هُنَّ أُمُّ الْكِتَابِ وَأُخَرُ مُتَشَابِهَاتٌ فَأَمَّا الَّذِينَ فِي قُلُوبِهِمْ زَيْغٌ فَيَتَّبِعُونَ مَا تَشَابَهَ مِنْهُ ابْتِغَاءَ الْفِتْنَةِ وَابْتِغَاءَ تَأْوِيلِهِ، وَمَا يَعْلَمُ تَأْوِيلَهُ إِلَّا اللَّهُ، وَالرَّاسِخُونَ فِي الْعِلْمِ يَقُولُونَ آمَنَّا بِهِ كُلٌّ مِنْ عِنْدِ رَبِّنَا وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ} [آل عمران: 7]. قَالَتْ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَإِذَا رَأَيْتِ الَّذِينَ يَتَّبِعُونَ مَا تَشَابَهَ مِنْهُ فَأُولَئِكَ الَّذِينَ سَمَّى اللهُ، فَاحْذَرُوهُمْ».

[صحيح] - [متفق عليه]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोक{उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ लाग्ने आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैनन् । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७] को तिलावत(पाठ) गर्नुभयो । आइशा (रजियल्लाहु अन्हा) बताउँछिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु ।

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैन । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} को तिलावत गर्नुभयो । यसमा, सर्वशक्तिमान अल्लाहले भन्नुभयो, उहाँ नै हुनुहुन्छ जसले आफ्नो नबीमाथि कुर्आन अवतरण गर्नुभयो, जसमा केही स्पष्ट श्लोकहरू छन्, जसका नियमहरू स्पष्ट छन् र तिनीहरूमा कुनै भ्रम छैन । यी पदहरू कुर्आनका आधर हुन् । मतभेद र असहमतिको अवस्थामा यी स्पष्ट आयतहरू अनुसार निर्णय गर्नुपर्छ । जबकि केही पदहरू यस्ता छन्, जसमा एकभन्दा बढी अर्थको सम्भावना पाइन्छ । केही मानिसहरूलाई तिनीहरूको अर्थ बुझ्न गाह्रो हुन्छ वा तिनीहरू सोच्छन्, यी पदहरू अन्य पदहरू विपरीत छन् । त्यसपछि अल्लाहले यी पदहरूसंग मानिसहरूले गर्ने व्यवहारको व्याख्या गर्नुभयो । जसको हृदय टेढोपन र रोगले भरिएको छ, तिनीहरूले स्पष्ट पदहरू छोड्छन् र सम्भवतः एक भन्दा बढी अर्थ लाग्ने पदहरू लिन्छन् । तिनीहरूको उद्देश्य शंका फैलाउने र मानिसहरूलाई भ्रमित गर्ने हो । यसरी, तिनीहरूले आफ्नो इच्छा अनुसार व्याख्या गर्न खोज्छन् , यसको विपरित, जो ज्ञानमा दृढ छन् उनीहरूले एक भन्दा बढी अर्थ लाग्ने पदहरू बुझ्छन् र तिनीहरूलाई स्पष्ट आयतहरू तिर फर्काउँछन्, ती श्लोकहरूमा विश्वास गर्छन् र सम्पूर्ण आयातहरू अल्लाहबाट आएका हुन् भनेर स्वीकार गर्छन्, त्यसैले तिनीहरू बीच कुनै विवाद छैन र विरोधाभास असम्भव छ । तर असल र विवेकशील मानिसहरूले मात्र यसबाट लाभान्वित हुन्छन् । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो : यदि मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको खोजीमा वा त्यसको पछि लाग्ने मानिसहरूलाई देख्नेछौं भने, तब जान्नु कि यी मानिसहरू हुन् जसको नाम अल्लाहले यस पदमा उल्लेख गर्नुभएको छ । त्यसैले तिनीहरूबाट टाढै बस्नु र तिनीहरूका कुराहरू नसुन्नुहोस् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. कुरआनको मुहकम विशिष्ट पदहरू भनेको ती पदहरू हुन्, जसको अर्थ स्पष्ट र सटीक छ । जबकि मुताशबीह ती पदहरू हुन् जसको एकभन्दा बढी अर्थ हुने सम्भावना छ र जसमा सावधानीपूर्वक ध्यान र चासोको आवश्यकता छ ।
  2. पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र जनतालाई भ्रममा पार्न भ्रम सिर्जना गर्नेहरूसित संगत गर्न निषेध ।
  3. आयतको अन्त्यमा, "केवल ज्ञानीहरूले शिक्षा पाउँछन्" भनेर भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गर्दछ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैनन् र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमान होइन ।
  4. मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्नु हृदयको टेडोपना रोगले गर्दा हो ।
  5. मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूलाई मुहकम (एकदमै स्पष्ट) पदहरूको प्रकाशमा हेर्न र बुझ्न आवश्यक छ ।
  6. अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका केही पदहरूलाई स्पष्ट र केही अस्पष्ट बनाउनु भएको छ ।
  7. कुरआन भित्र मुताशाबिह पदहरू भनेको वास्तवमा सामान्य मानिसहरूको तुलनामा ओलमा (विद्वान) हरूको श्रेष्ठता देखाउन र मानिसहरूलाई उनीहरूको बुद्धिको कमीप्रति सचेत गराउनु हो । ताकि तिनीहरू आफ्नो प्रभुको अधीनमा बसून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
  8. ज्ञानमा परिपक्वताको श्रेष्ठता र यसमा अडिग रहनु आवश्यक छ ।
  9. अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा (अल्लाह) शब्द मा वक्फ गर्ने अथवा रोकिने हुन् भने। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको ज्ञान अल्लाहमा मात्र सीमित छ । गहिरो ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । अर्कोतर्फ, जो (अल्लाह) शब्दमा रोकिदैनन् र यसलाई मिलाएर पढ्छन्, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी पदहरूको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट पदहरूको प्रकाशमा यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन् ।
थप