عن عَلِيٍّ قَالَ: إِنِّي كُنْتُ رَجُلًا إِذَا سَمِعْتُ مِنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ حَدِيثًا نَفَعَنِي اللهُ مِنْهُ بِمَا شَاءَ أَنْ يَنْفَعَنِي بِهِ، وَإِذَا حَدَّثَنِي رَجُلٌ مِنْ أَصْحَابِهِ اسْتَحْلَفْتُهُ، فَإِذَا حَلَفَ لِي صَدَّقْتُهُ، وَإِنَّهُ حَدَّثَنِي أَبُو بَكْرٍ، وَصَدَقَ أَبُو بَكْرٍ، قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَا مِنْ رَجُلٍ يُذْنِبُ ذَنْبًا، ثُمَّ يَقُومُ فَيَتَطَهَّرُ، ثُمَّ يُصَلِّي، ثُمَّ يَسْتَغْفِرُ اللهَ، إِلَّا غَفَرَ اللهُ لَهُ»، ثُمَّ قَرَأَ هَذِهِ الْآيَةَ: {وَالَّذِينَ إِذَا فَعَلُوا فَاحِشَةً أَوْ ظَلَمُوا أَنْفُسَهُمْ ذَكَرُوا اللهَ فَاسْتَغْفَرُوا لِذُنُوبِهِمْ} [آل عمران: 135].
[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجه وأحمد]
المزيــد ...
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : म त्यस्तो व्यक्ति थिएँ, जब मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुनेँ, अल्लाहले मलाई त्यसबाट चाहेजति लाभ दिनुहुन्थ्यो । जब कुनै सहाबीले मलाई हदीस सुनाउँथे, म उसलाई कसम खान आग्रह गर्थे र जब उसले कसम खान्थ्यो तब म उसको भनाइलाई पुष्टि गर्थे । मलाई अबू बकर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् र अबु बकरले सत्य बोले, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु:
"जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वोजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफी माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ ।" त्यसपछि उहाँले यो पद पढ्नुभयो: "जब तिनीहरूले ठूलो पाप गर्छन् वा आफैंमाथि अन्याय गर्छन्, तिनीहरूले अल्लाहलाई याद गर्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही - अबू दाऊदले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि राम्रोसँग वोजू गर्छ र त्यसपछि उभिएर आफ्नो पापको पश्चात्ताप गर्ने मनसायले दुई रकत नमाज पढ्छ र अल्लाहसँग क्षमायाचना गर्छ भने अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ । तब अल्लाहको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले यो पद पढ्नुभयो: {जब तिनीहरूले व्यभिचार गर्छन् वा आफैंमाथि अन्याय गर्छन्, तिनीहरूले अल्लाहलाई याद गर्छन् र आफ्नो पापको लागि माफी माग्छन् । अल्लाह बाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ? र तिनीहरूले थाहा हुँदाहुँदै गलत कार्यमा अडिग रहँदैनन्} [आलि-इम्रान: १३५]