+ -

عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«نَارُكُمْ جُزْءٌ مِنْ سَبْعِينَ جُزْءًا مِنْ نَارِ جَهَنَّمَ»، قِيلَ: يَا رَسُولَ اللَّهِ، إِنْ كَانَتْ لَكَافِيَةً. قَالَ: «فُضِّلَتْ عَلَيْهِنَّ بِتِسْعَةٍ وَسِتِّينَ جُزْءًا كُلُّهُنَّ مِثْلُ حَرِّهَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3265]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3265]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संसारको आगो नर्कको आगोको सत्तरी भाग मध्ये एक भाग हो भन्ने कुरा बताउनुभएको छ । यसरी परलोकको आगोको तातोपन यस संसारको आगोको तापनभन्दा ६९ गुणा बढी हुनेछ, जसको प्रत्येक भाग यस संसारको आगोको तापन बराबर हुनेछ। कसैले भने, हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! नर्कबासी हरूलाई यातना दिन संसारको आगो नै पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : नर्कको आगोलाई संसारको आगोभन्दा ६९ गुणा तातो बनाइएको छ र त्यसको प्रत्येक भागको ताप संसारको आगोको ताप बराबर हुनेछ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा नर्क बारे चेतावनी दिइएको छ, ताकि मानिसहरू नर्कमा लैजाने कर्महरूबाट टाढा रहून् ।
  2. नर्कको आगो धेरै भयानक, यसको सजाय कठोर र यसको गर्मी धेरै तीव्र हुनेछ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप