+ -

عن أسامة بن زيد رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«مَا تَرَكْتُ بَعْدِي فِتْنَةً أَضَرَّ عَلَى الرِّجَالِ مِنَ النِّسَاءِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5096]
المزيــد ...

उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5096]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, उहाँले आफ्नो पछि पुरुषको लागि महिला भन्दा बढी हानिकारक कुनै पनि परीक्षा र प्रलोभन छोड्नु भएको छैन । यदि महिला आफ्नो परिवारको हो भने, उसले शरियतको अवज्ञा गर्दा पुरुषलाई हानि हुन्छ र यदि उनी पर स्त्री हुन् भने, उनको संगत, एकान्तमा भेट्न र त्यसबाट उत्पन्न हुने दुष्टताको कारणले उसलाई हानि हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमले महिलाको फितना र प्रलोभनदेखि होसियार हुनुपर्छ र यस प्रलोभनतर्फ लैजाने हरेक बाटोबाट बच्नु पर्छ।
  2. मुमिनले अल्लाहसँग आफ्नो सम्बन्ध बलियो राख्नुपर्छ र प्रलोभन र बहकावबाट सुरक्षाको लागि उहाँसँग प्रार्थना गर्नु पर्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप