عن أسامة بن زيد رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«مَا تَرَكْتُ بَعْدِي فِتْنَةً أَضَرَّ عَلَى الرِّجَالِ مِنَ النِّسَاءِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5096]
المزيــد ...

उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5096]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, उहाँले आफ्नो पछि पुरुषको लागि महिला भन्दा बढी हानिकारक कुनै पनि परीक्षा र प्रलोभन छोड्नु भएको छैन । यदि महिला आफ्नो परिवारको हो भने, उसले शरियतको अवज्ञा गर्दा पुरुषलाई हानि हुन्छ र यदि उनी पर स्त्री हुन् भने, उनको संगत, एकान्तमा भेट्न र त्यसबाट उत्पन्न हुने दुष्टताको कारणले उसलाई हानि हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमले महिलाको फितना र प्रलोभनदेखि होसियार हुनुपर्छ र यस प्रलोभनतर्फ लैजाने हरेक बाटोबाट बच्नु पर्छ।
  2. मुमिनले अल्लाहसँग आफ्नो सम्बन्ध बलियो राख्नुपर्छ र प्रलोभन र बहकावबाट सुरक्षाको लागि उहाँसँग प्रार्थना गर्नु पर्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप