عَنْ أَبٍي سَعِيدٍ الخُدْرِيَّ رَضِيَ اللَّهُ عَنْهُ:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ جَلَسَ ذَاتَ يَوْمٍ عَلَى المِنْبَرِ وَجَلَسْنَا حَوْلَهُ، فَقَالَ: «إِنِّي مِمَّا أَخَافُ عَلَيْكُمْ مِنْ بَعْدِي، مَا يُفْتَحُ عَلَيْكُمْ مِنْ زَهْرَةِ الدُّنْيَا وَزِينَتِهَا» فَقَالَ رَجُلٌ: يَا رَسُولَ اللَّهِ، أَوَيَأْتِي الخَيْرُ بِالشَّرِّ؟ فَسَكَتَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقِيلَ لَهُ: مَا شَأْنُكَ؟ تُكَلِّمُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَلاَ يُكَلِّمُكَ؟ فَرَأَيْنَا أَنَّهُ يُنْزَلُ عَلَيْهِ؟ قَالَ: فَمَسَحَ عَنْهُ الرُّحَضَاءَ، فَقَالَ: «أَيْنَ السَّائِلُ؟» وَكَأَنَّهُ حَمِدَهُ، فَقَالَ: «إِنَّهُ لاَ يَأْتِي الخَيْرُ بِالشَّرِّ، وَإِنَّ مِمَّا يُنْبِتُ الرَّبِيعُ يَقْتُلُ أَوْ يُلِمُّ، إِلَّا آكِلَةَ الخَضْرَاءِ، أَكَلَتْ حَتَّى إِذَا امْتَدَّتْ خَاصِرَتَاهَا اسْتَقْبَلَتْ عَيْنَ الشَّمْسِ، فَثَلَطَتْ وَبَالَتْ، وَرَتَعَتْ، وَإِنَّ هَذَا المَالَ خَضِرَةٌ حُلْوَةٌ، فَنِعْمَ صَاحِبُ المُسْلِمِ مَا أَعْطَى مِنْهُ المِسْكِينَ وَاليَتِيمَ وَابْنَ السَّبِيلِ - أَوْ كَمَا قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ - وَإِنَّهُ مَنْ يَأْخُذُهُ بِغَيْرِ حَقِّهِ، كَالَّذِي يَأْكُلُ وَلاَ يَشْبَعُ، وَيَكُونُ شَهِيدًا عَلَيْهِ يَوْمَ القِيَامَةِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1465]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिम्बरमा बस्नुभयो र हामी उहाँको वरिपरि बस्यौं। उहाँले भन्नुभयो: "मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।" एक जना मानिसले भन्यो: हे रसूल! के भलाइले बुराई ल्याउँछ?" प्रश्न सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) चुप लागे। मानिसहरूले भने: "तिमीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न गर्यौ, तर उहाँले जवाफ दिनुभएन?" हामीले अनुमान गर्यौं उहाँमाथि वह्य (प्रकाशना) अवतरित भइरहेको थियो। त्यसपछि उहाँले आफ्नो निधारबाट पसिना पुछे र भने: "प्रश्नकर्ता कहाँ छ?" एक तरिकाले, उहाँले उसको प्रशंसा गर्नुभयो र त्यसपछि भन्नुभयो: भलाइले कहिल्यै बुराई ल्याउँदैन। वास्तवमा, वसन्त ऋतुमा उम्रने घाँसले मार्छ वा दुख दिन्छ । तर हरियो घाँस खाने जनावर बाहेक, जब उसको पेट भरिन्छ, उसले आफ्नो अनुहार घामतिर फर्काउँछ र चपाउन थाल्छ, त्यसपछि दिसा गर्छ र पिसाब फेर्छ । वास्तवमा, यो सम्पत्ति हरियो र मीठो छ। त्यो मुस्लिम कति राम्रो छ जसले गरिब, अनाथ र यात्रीलाई दिने गर्छ - वा यस्तै कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका थिए। तर जसले अन्यायपूर्वक यसलाई प्राप्त गर्छ, त्यो त्यो व्यक्ति जस्तै हो जसले खान्छ तर सन्तुष्ट हुँदैन। त्यस्तो सम्पत्तिले पुनरुत्थानको दिन व्यक्तिको विरुद्धमा साक्षी दिनेछ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1465]
एक दिन नबी सल्लल्लाहु अलैहि वसल्लम मिम्बरमाथि बस्नुभयो र आफ्ना साथीहरूसँग कुरा गर्दै भन्नुभयो:
म पछि तिमीहरु बारे मलाई सबैभन्दा बढी डर के छ भने पृथ्वीको आशीर्वाद, संसारको विलासिता, यसको वैभव र यसका विभिन्न उपकरण, लुगा र खेतबारीका ढोकाहरू तिमीहरूका लागि खोलिनेछन्, जसले गर्दा मानिसहरू आफ्नो सुन्दरताको बारेमा घमण्ड र गर्व गर्छन्।
एक व्यक्तिले भन्यो: संसारको सुखसुविधा पनि अल्लाहको वरदान हो, त्यसो भए के यो वरदान श्राप र सजाय बन्न सक्छ?
यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) चुप लागे र मानिसहरूले सोचे कि उहाँ रिसाउनुभएको छ, त्यसैले तिनीहरूले उसको बारेमा नराम्रो कुरा गर्न थाले।
तर केही क्षणमै यो स्पष्ट भयो उहाँमाथि वह्य अवतरित हुँदै थियो। त्यसपछि उहाँले आफ्नो निधारबाट पसिना पुछ्न थाल्नुभयो र भन्नुभयो: प्रश्नकर्ता कहाँ छ?
उनले भने: म यहाँ छु।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको प्रशंसा गर्नुभयो र त्यसपछि भन्नुभयो: वास्तविक भलाईले सधैं भलाई मात्र ल्याउँछ। तर यो संसारको यो सुन्दरता वास्तविक भलाई होइन, किनभने यसले मानिसलाई फितना, प्रतिस्पर्धा र परलोकप्रति पूर्ण ध्यान दिनबाट विचलित गराउँछ। त्यसपछि उहाँले यसलाई उदाहरणद्वारा स्पष्ट गर्नुभयो। वसन्त ऋतुको हरियो वनस्पति र बाली पशुहरूको लागि अत्यन्त आकर्षक हुन्छ, तर अत्यधिक खानेले यस कारण पेटको रोग लाग्न सक्छ, जसले गर्दा मृत्यु हुन सक्छ वा मृत्युको नजिक पुर्याउन सक्छ। तर हरियो बाली खाने जनावर यसबाट बच्न सक्छ, किनभने यसले आफ्नो पेटभरि खान्छ, त्यसपछि फर्किन्छ, आफ्नो शरीरबाट मल निकाल्छ वा पिसाब गर्छ। त्यसपछि आफ्नो पेटमा भएको घाँसलाई माथि ल्याएर चपाउँछ र फेरि निल्छ, अनि फेरि खान थाल्छ।
यो धन हरियो र मीठो बालीजस्तै हो, जुन अत्यधिक भएपछि मानिसलाई नष्ट गर्छ वा लगभग नष्ट गराउँछ। तर यदि यो सीमित मात्रामा लिइयो भने, जतिले आवश्यकतालाई पूरा गर्छ र हलाल माध्यमबाट प्राप्त हुन्छ, भने यसले हानि गर्दैन। यो मुस्लिमको लागि उत्कृष्ट वरदान हो, विशेष गरी जब यसबाट गरिब, अनाथ र यात्रुहरूलाई दिइन्छ। जसले यसलाई उचित अधिकारका साथ लिन्छ, उसको धनमा बरकत हुन्छ। अनि अन्यायपूर्वक धन लिने व्यक्तिको उदाहरण त्यो मानिसको जस्तै हो जसले खान्छ तर तृप्त हुँदैन। यो सम्पत्तिले पुनरुत्थानको दिन उसको विरुद्धमा साक्षी दिनेछ।