+ -

عن عمر بن الخطاب رضي الله عنه قال: إنه سمع نبي الله صلى الله عليه وسلم يقول:
«لَو أَنَّكُمْ تَتَوَكَّلُونَ عَلَى اللهِ حَقَّ تَوَكُّلِهِ، لَرَزَقَكُمْ كَمَا يَرْزُقُ الطَّيْرَ، تَغْدُو خِمَاصًا وَتَرُوحُ بِطَانًا».

[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [مسند أحمد: 205]
المزيــد ...

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”

[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 205]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्‍याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहमा भरोसा गर्ने सद्गुण र अल्लाहमा भरोसा गर्नु नै जीविका प्राप्तिको प्रमुख कारण हो ।
  2. आफैले उपाय लाउनु र साधन अपनाउनु अल्लाहमाथि भरोसाको विरुद्ध होइन, किनकि जीविकाको खोजीमा बिहान र बेलुका बाहिर निस्कनु अल्लाहमाथिको वास्तविक भरोसाको हो भनेर उहाँले उल्लेख गर्नुभएको छ ।
  3. शरीयतले हृदयको नियती तर्फ पनि ध्यान केन्द्रित गर्दछ, किनकि अल्लाहमा भरोसा गर्नु हृदयको नियती हो ।
  4. साधनमा मात्र भर पर्नुको अर्थ व्यक्तिमा धार्मिकताको कमी दर्शाउछ भने अल्लाहमा भरोसा गर्ने नाममा साधनलाई त्याग्नुको अर्थ व्यक्तिमा विवेकको कमीलाई झल्काउँछ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप