+ -

عَن ابنِ عباسٍ رضي الله عنهما أنَّ رسولَ اللهِ صلي الله عليه وسلم قال:
«لَو يُعطَى النّاسُ بدَعواهُم لادَّعَى رِجالٌ أموالَ قَومٍ ودِماءَهُم، ولَكِنَّ البَيِّنَةَ على المُدَّعِى، واليَمينَ على مَن أنكَرَ».

[صحيح] - [رواه البيهقي] - [السنن الكبرى للبيهقي: 21243]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।"

[सही] - - [السنن الكبرى للبيهقي - 21243]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, यदि मानिसहरूलाई बिना प्रमाण तिनीहरूको दावीको आधारमा मात्र क्षतिपूर्ति दिइने हो भने मानिसहरूले जनताको सम्पत्ति र रगतको दाबीसमेत गर्नेछन् । त्यसैले दावीकर्ताले आफूले माग गरेको कुराको प्रमाण उपलब्ध गराउनुपर्छ । यदि उनीसँग प्रमाण छैन भने मुद्दा प्रतिवादी समक्ष पेश गरिनेछ र यदि उसले अस्वीकार गर्यो भने शपथ खाई निर्दोष हुनुपर्दछ ।

हदीसका केही फाइदाहरू

  1. इब्न दकीक अल-इदले भने: यो हदीस अह्काम (नियमहरू) को आधारहरूमध्ये एक अहम आधार हो । विशेषगरी विवाद र असहमतिको समयमा सबैभन्दा ठूलो सन्दर्भ हो ।
  2. शरियतको उद्देश्य भनेको जनताको सम्पत्ति र रगतलाई हेरफेरबाट जोगाउनु हो ।
  3. काजी (न्यायाधीश) ले आफ्नो ज्ञानको आधारमा फैसला गर्नुहुँदैन, बरु प्रमाणको आधारमा गर्नुपर्छ ।
  4. कुनै पनि व्यक्तिले बिना प्रमाण दाबी गर्छ भने त्यो अमान्य हो, चाहे त्यो अधिकार, लेनदेन, ईमान र विज्ञानको बारेमा किन नहोस् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज सर्बियाई रोमानियन हंगेरी الموري मालागासी कन्नड الجورجية
अनुवादहरू हेर्नुहोस्
थप