عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ نَفَّسَ عَنْ مُؤْمِنٍ كُرْبَةً مِنْ كُرَبِ الدُّنْيَا نَفَّسَ اللهُ عَنْهُ كُرْبَةً مِنْ كُرَبِ يَوْمِ الْقِيَامَةِ، وَمَنْ يَسَّرَ عَلَى مُعْسِرٍ يَسَّرَ اللهُ عَلَيْهِ فِي الدُّنْيَا وَالْآخِرَةِ، وَمَنْ سَتَرَ مُسْلِمًا سَتَرَهُ اللهُ فِي الدُّنْيَا وَالْآخِرَةِ، وَاللهُ فِي عَوْنِ الْعَبْدِ مَا كَانَ الْعَبْدُ فِي عَوْنِ أَخِيهِ، وَمَنْ سَلَكَ طَرِيقًا يَلْتَمِسُ فِيهِ عِلْمًا سَهَّلَ اللهُ لَهُ بِهِ طَرِيقًا إِلَى الْجَنَّةِ، وَمَا اجْتَمَعَ قَوْمٌ فِي بَيْتٍ مِنْ بُيُوتِ اللهِ يَتْلُونَ كِتَابَ اللهِ وَيَتَدَارَسُونَهُ بَيْنَهُمْ إِلَّا نَزَلَتْ عَلَيْهِمِ السَّكِينَةُ، وَغَشِيَتْهُمُ الرَّحْمَةُ، وَحَفَّتْهُمُ الْمَلَائِكَةُ، وَذَكَرَهُمُ اللهُ فِيمَنْ عِنْدَهُ، وَمَنْ بَطَّأَ بِهِ عَمَلُهُ لَمْ يُسْرِعْ بِهِ نَسَبُهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2699]
المزيــد ...
अबु हुरैरह् रजिअल्लाहु अनहुबाट वर्णन छ कि उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल ﷺ ले भन्नुभयोः
जो कसैले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ ।
जो कसैले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाह उसलाई संसार र परलोकमा सहजता दिनेछन् ।
जो कसैले कुनै मुसलमानको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ।
र अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ।
जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्।
जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन)को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ।
र जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2699]
अल्लाहका नबी ﷺ ले प्रष्ट पार्नुभयो कि अल्लाहको नजरमा मुस्लिमलाई त्यही किसिमको पुण्य र प्रतिफल प्राप्त हुन्छ, जुन उसले अरू मुसलमानहरूसँग व्यवहार गर्छ। जसले कुनै मुसलमानबाट दुनियाको कुनै कठिनाइ वा पीडा हटाउँदछ भने अल्लाह तआलाले त्यसको बदलामा उसलाई कयामतको दिनका कठिनाइहरू र कष्टहरू मध्ये कुनै एक कठिनाइबाट मुक्ति दिनुहुनेछ।