عَنْ صُهَيْبٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«عَجَبًا لِأَمْرِ الْمُؤْمِنِ، إِنَّ أَمْرَهُ كُلَّهُ خَيْرٌ، وَلَيْسَ ذَاكَ لِأَحَدٍ إِلَّا لِلْمُؤْمِنِ، إِنْ أَصَابَتْهُ سَرَّاءُ شَكَرَ، فَكَانَ خَيْرًا لَهُ، وَإِنْ أَصَابَتْهُ ضَرَّاءُ صَبَرَ، فَكَانَ خَيْرًا لَهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2999]
المزيــد ...

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2999]

व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिन (आस्थावान्) को अवस्थाप्रति प्रशंसा गर्दै आश्चर्य व्यक्त गर्नुभयो, किनभने उसका सबै अवस्थाहरू कल्याणकारी हुन्छन्, र यो विशेषता मोमिनबाहेक अरू कसैलाई प्राप्त हुँदैन; यदि उसलाई सुख प्राप्त भयो भने उसले अल्लाहप्रति कृतज्ञता प्रकट गर्दछ, फलस्वरूप कृतज्ञताद्वारा उसलाई पुण्य प्राप्त हुन्छ। र यदि उसलाई दुःख आइपर्छ भने उसले धैर्य गर्छ र अल्लाहसँग प्रतिफलको आशा राख्छ, फलस्वरूप धैर्यद्वारा पनि उसलाई प्रतिफल प्राप्त हुन्छ। यसरी ऊ हरेक अवस्थामा पुरस्कृत हुन्छ।

हदीसका केही फाइदाहरू

  1. यसबाट खुशीमा कृतज्ञता व्यक्त गर्नु र कठिनाइमा धैर्यधारण गर्नुको सद्गुण स्पष्ट हुन्छ। जसले यी दुवै कार्य गर्दछ, उसले दुवै लोकको कल्याण प्राप्त गर्दछ। जो आशिषका लागि कृतज्ञ हुँदैन र विपत्तिमा धैर्य गर्दैन, ऊ पुण्यफलबाट वञ्चित हुन्छ र पापको भागीदार बन्दछ।
  2. यसमा इमानको सद्गुण बताइएको छ र हरेक मामिलामा पुण्य केवल आस्थावानकै लागि हुन्छ।
  3. सुखमा कृतज्ञता व्यक्त गर्नु र संकटको समयमा धैर्य गर्नु आस्थावानहरूको मार्ग हो ।
  4. क़ज़ा र क़द्र (अल्लाहको निर्णय र भाग्य) मा विश्वासले मानिसलाई हरेक परिस्थितिमा पूर्ण सन्तोष र सन्तुलन प्रदान गर्छ। तर अविश्वासीको अवस्था यसको ठीक विपरीत हुन्छ, उसले कुनै हानि भोगेमा सधैँ असन्तुष्ट र क्रोधित रहन्छ, र जब महानतम् अल्लाहको कुनै वरदान प्राप्त गर्छ, त्यसमा यति मग्न हुन्छ कि अल्लाहको आज्ञापालनबाट टाढीन साथै त्यो वरदानलाई अवज्ञामै खर्च गर्न थाल्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
थप