+ -

عَنْ صُهَيْبٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«عَجَبًا لِأَمْرِ الْمُؤْمِنِ، إِنَّ أَمْرَهُ كُلَّهُ خَيْرٌ، وَلَيْسَ ذَاكَ لِأَحَدٍ إِلَّا لِلْمُؤْمِنِ، إِنْ أَصَابَتْهُ سَرَّاءُ شَكَرَ، فَكَانَ خَيْرًا لَهُ، وَإِنْ أَصَابَتْهُ ضَرَّاءُ صَبَرَ، فَكَانَ خَيْرًا لَهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2999]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि होइन । यदि उसले खुशी पाउँछ भने यसको लागि धन्यवाद दिन्छ र यो उसको लागि राम्रो हो । यदि उसले कठिनाइको सामना गर्छ भने धैर्य गर्छ र यो उसको लागि राम्रो हुन्छ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2999]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) मुमिनको मामिला र अवस्थालाई प्रशंसा गर्दै हुनुहुन्छ । किनभने उसका सबै अवस्थाहरू राम्रो छन् र यो मुमिन बाहेक अरू कसैलाई उपलब्ध छैन । यदि उसले खुसी पाउँछ भने अल्लाहलाई धन्यवाद दिन्छ अनि ऊ कृतज्ञताले पुरस्कृत हुन्छ । यदि उसलाई विपत्ति आइपर्छ भने ऊ धैर्य गर्छ र अल्लाहबाट इनाम खोज्छ र ऊ धैर्यताप्रति पुरस्कृत हुन्छ । यसरी उसले हरेक अवस्थामा इनाम पाउँछ ।

हदीसका केही फाइदाहरू

  1. खुशीमा कृतज्ञ हुनु र कठिनाइमा धैर्यताको सद्गुण । जसले यी दुवै काम गर्छ, उसले दुवै लोकको कल्याण प्राप्त गर्दछ । जो आशिषको लागि कृतज्ञ हुँदैन र विपत्तिमा धैर्य गर्दैन ऊ इनामबाट बञ्चित हुनेछ र पापको हकदार हुनेछ ।
  2. इमानको सद्गुण र हरेक मामिलामा पुण्य केवल मुमिनको लागि हो ।
  3. खुशीमा कृतज्ञता व्यक्त गर्नु र संकटको समयमा धैर्य गर्नु आस्थावानहरूको मार्ग हो ।
  4. कजा व कद्र (अल्लाहको फैसला र भाग्य) मा विश्वासले मानिसलाई सबै परिस्थितिहरूमा पूर्ण रूपमा सन्तुष्ट बनाउँछ । जबकि गैर-मुमिनहरूको अवस्था यो भन्दा बिल्कुल फरक हुन्छ । उसलाई हानि आउँदा निरन्तर क्रोधित हुन्छ र वरदान पायो भने नशामा डुबेर अल्लाहको उपासनाबाट विमुख भएर अवज्ञाकारी गर्न थाल्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप