+ -

عن معاوية رضي الله عنه قال: سمعت النبي صلى الله عليه وسلم يقول:
«مَنْ يُرِدِ اللهُ بِهِ خَيْرًا يُفَقِّهْهُ فِي الدِّينِ، وَإِنَّمَا أَنَا قَاسِمٌ، وَاللهُ يُعْطِي، وَلَنْ تَزَالَ هَذِهِ الْأُمَّةُ قَائِمَةً عَلَى أَمْرِ اللهِ، لَا يَضُرُّهُمْ مَنْ خَالَفَهُمْ، حَتَّى يَأْتِيَ أَمْرُ اللهِ».

[صحيح] - [متفق عليه]
المزيــد ...

मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले जसको भलाइ गर्न चाहनुहुन्छ, उसलाई धर्मको समझ दिनुहुन्छ । म मात्र एक वितरणकर्ता हुँ, दाता त अल्लाह हुनुहुन्छ । यो उम्मत अल्लाहको धर्ममा अडिग रहिरहनेछ, यसको विरोध गर्नेहरूले तिनीहरूलाई हानि गर्न सक्नेछैनन्, यहाँसम्म अल्लाहको आज्ञा आउँछ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बताउँदै हुनुहुन्छ, अल्लाहले जसलाई भलाइ गर्न चाहनुहुन्छ, उसलाई धर्मको समझ दिनुहुन्छ । अनि उहाँ मात्र एक वितरणकर्ता हुनुहुन्छ, उहाँ अल्लाहले प्रदान गर्नुभएको जीविका र ज्ञान आदि बाँड्नु हुन्छ, जबकि वास्तविक दाता अल्लाह हुनुहुन्छ । उहाँ बाहेक अरू सबै त्यस्तो साधन हुन् जसले अल्लाहको अनुमति बिना फाइदा गर्दैन । यो उम्मत (राष्ट्र) कयामतको दिनसम्म अल्लाहको धर्ममा अडिग रहनेछ र विरोध गर्नेहरूले कुनै हानि गर्न सक्ने छैनन्, यहाँसम्म कयामत आउँछ भनी उहाँले भन्नुभयो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इस्लामिक ज्ञानको महत्व अनि यसलाई सिक्ने प्रोत्साहन ।
  2. सत्यलाई समर्थन गर्ने यो उम्मत (राष्ट्र) मा अवस्थित हुनुपर्छ । यदि एक समूहले यसलाई बेवास्ता गर्छ भने, अर्को समूहले गर्नेछ ।
  3. यदि कसैले धर्मको ज्ञान प्राप्त गर्छ भने यो अल्लाहले उसको लागि भलाइ गर्न चाहनुहुन्छ भन्ने संकेत हो ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) केवल अल्लाहको आदेश र इच्छा अनुसार दिनुहुन्छ र उहाँसँग केही पनि छैन ।
थप