عن معاوية رضي الله عنه قال: سمعت النبي صلى الله عليه وسلم يقول:
«مَنْ يُرِدِ اللهُ بِهِ خَيْرًا يُفَقِّهْهُ فِي الدِّينِ، وَإِنَّمَا أَنَا قَاسِمٌ، وَاللهُ يُعْطِي، وَلَنْ تَزَالَ هَذِهِ الْأُمَّةُ قَائِمَةً عَلَى أَمْرِ اللهِ، لَا يَضُرُّهُمْ مَنْ خَالَفَهُمْ، حَتَّى يَأْتِيَ أَمْرُ اللهِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 71]
المزيــد ...

मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 71]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई धर्मको गहिराइका साथ समझ दिनुहुन्छ । अनि उहाँ (अलैहि सलात वस्सलाम) केवल (ज्ञान) बाड्ने हुन्, उहाँ अल्लाहले प्रदान गर्नुभएको जीविका र ज्ञान आदि बाँड्नु हुन्छ, जबकि वास्तविक दाता अल्लाह हुन् । उहाँ बाहेक अरू सबै केवल माध्यम हुन् जसले अल्लाहको अनुमति बिना फाइदा पुर्याउँन सक्दैनन्। यो उम्मत (राष्ट्र) कयामतको दिनसम्म अल्लाहको धर्ममा अडिग रहनेछ र विरोध गर्नेहरूले कुनै हानि गर्न सक्ने छैनन्, यहाँसम्म कि कयामत आउँछ ।

हदीसका केही फाइदाहरू

  1. इस्लामिक ज्ञानको महत्व अनि यस ज्ञान लाई सिक्ने प्रोत्साहन ।
  2. सत्यलाई समर्थन गर्ने यो उम्मत (राष्ट्र) मा एक समूह अवस्थित हुनुपर्छ । यदि एक समूहले यसलाई बेवास्ता गर्छन् भने, अर्को समूहले गर्नुपर्दछ।
  3. यदि कसैले धर्मको ज्ञान प्राप्त गर्छ भने यो अल्लाहले उसको लागि भलाइ गर्न चाहनुहुन्छ भन्ने संकेत हो ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले (ज्ञान, धन आदि) केवल अल्लाहको आदेश र इच्छा अनुसार दिनुहुन्छ र उहाँको स्वामित्वमा केही पनि छैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप