+ -

عَنْ مُعَاذٍ رَضِيَ اللَّهُ عَنْهُ، قَالَ:
كُنْتُ رِدْفَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَلَى حِمَارٍ يُقَالُ لَهُ عُفَيْرٌ، فَقَالَ: «يَا مُعَاذُ، هَلْ تَدْرِي حَقَّ اللَّهِ عَلَى عِبَادِهِ، وَمَا حَقُّ العِبَادِ عَلَى اللَّهِ؟»، قُلْتُ: اللَّهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «فَإِنَّ حَقَّ اللَّهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلا يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقَّ العِبَادِ عَلَى اللَّهِ أَنْ لا يُعَذِّبَ مَنْ لا يُشْرِكُ بِهِ شَيْئًا»، فَقُلْتُ: يَا رَسُولَ اللَّهِ أَفَلاَ أُبَشِّرُ بِهِ النَّاسَ؟ قَالَ: «لا تُبَشِّرْهُمْ، فَيَتَّكِلُوا».

[صحيح] - [متفق عليه]
المزيــد ...

मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ:
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: "c2">“हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्लाहको अधिकार भनेको केवल एक अल्लाहको उपासना गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नबनाउनु हो। अल्लाहमाथि भक्तहरूको अधिकार यो हो कि एकेश्वरवादी भक्तहरू लाई; जसले उहाँसँग कसैलाई साझेदार बनाएनन्, दण्ड नदिनु हो । पछि मुआजले भने: हे अल्लाहका रसूल! के म मानिसहरूलाई यसको शुभ समाचार नदिउँ ? ताकि उनीहरु यो अनुग्रह थाहा पाएर रमाऊन् र हर्षित होउन् ? तर मानिसहरू यसैमा निर्भर हुनेछन् भन्ने डरले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई त्यसो गर्न मनाही गर्नुभयो।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी कुर्दिश हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा अल्लाहको भक्तहरूमाथि अनिवार्य गरिएको अधिकारको वर्णन छ; कि मानिसहरूले मात्र अल्लाहको उपासना गर्नुपर्छ र वहाँसँग कसैलाई साझेदार बनाउनु हुँदैन।
  2. यस हदीसमा अल्लाहमाथि भक्तहरूको अधिकारको स्पष्टिकरण छ, जुन वहाँले आफू माथि आफ्नो कृपा र अनुग्रहले अनिवार्य गर्नुभएको छ, कि वहाँले तिनीहरूलाई स्वर्गमा प्रवेश गराउने छन् र तिनीहरूलाई सजाय दिने छैनन्।
  3. यस हदीसमा, ती एकेश्वरवादीहरूका लागि ठूलो खुशीको खबर छ, जसले अल्लाहसँग कसैलाई साझेदार बनाउदैनन्, कि अन्ततः तिनीहरूको भाग्य स्वर्ग प्रवेश गर्नु हो ।
  4. मुआजले ज्ञान लुकाउने पापमा लिप्त हुने डरले आफ्नो मृत्यु अघि यो हदीस बताउनुभयो ।
  5. हदीसको अर्थ र तात्पर्यलाई केही मानिसहरूले ठम्याउन नसक्ने डरले केही हदीसहरू वर्णन नगर्नुको चेतावनी छ। तर यो कुरा ती हदीसहरूको सन्दर्भमा हो जसबाट न त कुनै कर्म-कानुन लागू हुन्छ र न त जसमा धार्मिक कानूनको विधिविधान समावेश गरिएको छ ।
  6. एकेश्वरवादी पापीहरू अल्लाहको इच्छा अन्तर्गत हुनेछन्। वहाँले चाहनुभयो भने तिनीहरूलाई दण्ड दिनुहुनेछ वा क्षमा गरेर अन्ततः तिनीहरूलाई स्वर्गमा प्रवेश गराउनु हुनेछ।
थप