عَنْ أَنَسٍ رضي الله عنه قَالَ:
جَاءَ رَجُلٌ إِلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالَ: يَا رَسُولَ اللهِ، مَا تَرَكْتُ حَاجَّةً وَلَا دَاجَّةً إِلَّا قَدْ أَتَيْتُ، قَالَ: «أَلَيْسَ تَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ؟» ثَلَاثَ مَرَّاتٍ. قَالَ: نَعَمْ، قَالَ: «فَإِنَّ ذَلِكَ يَأْتِي عَلَى ذَلِكَ».

[صحيح] - [رواه أبو يعلى والطبراني والضياء المقدسي] - [الأحاديث المختارة للضياء المقدسي: 1773]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्:
एउटा व्यक्ति पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन् ?" भनेर तीन पटक प्रश्न सोध्नुभयो । व्यक्तिले जवाफ दियो: हो (मैले गवाही दिन्छु), उहाँले भन्नुभयो: "यो गवाहीले यी पापहरूलाई मेटाउँछ ।"

[सही] - [अबू याअला, तबरानी ​​र जिया अल-मकदीसीले वर्णन गरेका छन्] - [अहादीस मुख्त्तारह लिज्जिया अल-मक्दिसी - 1773]

व्याख्या

एक व्यक्ति अल्लाहको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले सबै प्रकारका पापहरू गरेको छु। कुनै सानो वा ठूलो पाप मबाट छुटेको छैन। के मलाई क्षमा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: "के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुन् ?" उहाँले यो प्रश्न तीन पटक दोहोर्याउनु भयो। त्यस व्यक्तिले जवाफ दियो: हो! म यो गवाही दिन्छु । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यी दुवै गवाहीको महत्व र यसले पापहरू मेटाउँछ र पश्चात्तापले अघिल्लो सबै पापहरू पखालिन्छ भनेर जानकारी दिनुभयो ।

हदीसका केही फाइदाहरू

  1. यो हदीसले दुवै गवाहीको महत्त्व र जसले इमानदारी र आत्मसमर्पणका साथ आफ्नो हृदयको गहिराईबाट गवाही दएको छ भने त्यसमा उसको पापहरू मेट्ने क्षमताको स्पष्टीकरण दिन्छ ।
  2. इस्लाम स्वीकार गर्नुले विगतका पापहरू मेटाउँछ।
  3. साँचो प्रायश्चित्तले विगतका पापहरूलाई मेटाउँछ।
  4. तालिम र सिकाउने क्रममा धेरै पटक दोहोर्‍याउनु पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो ।
  5. यस हदीस बाट दुबै गवाहीको महत्व र यी दुबै गवाही नर्कमा अनन्त बासबाट मुक्तिको माध्यम हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप