+ -

عَنْ صُهَيْبٍ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِذَا دَخَلَ أَهْلُ الْجَنَّةِ الْجَنَّةَ، قَالَ: يَقُولُ اللهُ تَبَارَكَ وَتَعَالَى: تُرِيدُونَ شَيْئًا أَزِيدُكُمْ؟ فَيَقُولُونَ: أَلَمْ تُبَيِّضْ وُجُوهَنَا؟ أَلَمْ تُدْخِلْنَا الْجَنَّةَ، وَتُنَجِّنَا مِنَ النَّارِ؟ قَالَ: فَيَكْشِفُ الْحِجَابَ، فَمَا أُعْطُوا شَيْئًا أَحَبَّ إِلَيْهِمْ مِنَ النَّظَرِ إِلَى رَبِّهِمْ عَزَّ وَجَلَّ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 181]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

हजरत सुहैब (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो :
"जब जन्नत वालाहरू जन्नत जानेछन्" ,उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो कि अल्लाह तआलाले भन्नु हुनेछ:" तिमीहरूलाई अझै केहि थप चाहिन्छ कि ? उनीहरूले भन्नेछन्, "के तपाईंले हाम्रो अनुहार उज्यालो बनाउनु भएको होइन ? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनु भएको र आगो (नरक)बाट बचाउनु भएको होइन ?" (नबीले) भन्नुभयो: अत: अल्लाह तआलाले (नूरको) परदा हटाइ दिनु हुनेछ । सो उनीहरूले पाएको कुनै पनि कुरा आफ्नो रब (पालनकर्ता) को दर्शन भन्दा प्यारो नहोला। "

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 181]

व्याख्या

नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भयो कि जन्नत वालाहरू जन्नत प्रवेश गरे पछि अल्लाह तआलाले उनीहरूलाई भन्नु हुनेछ :
के तिमीहरूलाई अझै केही चाहिएको छ त ? (भए) थपि दिन्छु ।
जन्नत वालाहरू सबै जनाले भन्ने छन् : के तपाईँले हाम्रा अनुहार उज्यालो बनाउनु भएको होइन ? के तपाईँले हामीहरूलाई जन्नतमा प्रवेश गर्नु भएको होइन ? अनि आगो(नरक)बाट बचाउनु भएको होइन ?
सो अल्लाह तआलाले (नूरको) पर्दा हटाउनु र त्यसलाई उठाउनु हुनेछ । अनि उहाँको पर्दा भनेको प्रकाश(नूर) हो । अतयव: उनीहरूलाई प्रदान भएका कुराहरूमा उनीहरूका लागि सबै भन्दा प्यारो भनेको आफ्ना रब ( पालनकर्ता)को दर्शन हुनेछ।

हदीसका केही फाइदाहरू

  1. जन्नत वालाहरु बाट पर्दा हटाउनु फलस्वरुप उनीहरूले आफ्नो रबलाई देख्न पाउनु हो, र काफिर यसबाट वञ्चित रहने छन्।
  2. जन्नतमा ठुला नेअमत(पुरस्कार)हरू मध्ये आफ्नाे रबलाई देख्न पाउनु हाे ।
  3. सबै जन्नत वालाहरुले उनीहरुकाे दर्जा भिन्ना भिनै भएता पनि आफ्नाे रबलाई देख्न पाउने छन् ।
  4. इमान वालाहरूलाई जन्नत (स्वर्ग)मा प्रवेश गराउनमा अल्लाहको अनुग्रह ।
  5. राम्रा कर्महरू द्वारा जन्नत जानका लागि र अल्लाह र उहाँका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)को आज्ञाकारिताको माध्यमबाट कोसिस गर्ने महत्त्व ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप