عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ»، قِيلَ: مَنْ؟ يَا رَسُولَ اللهِ قَالَ: «مَنْ أَدْرَكَ أَبَوَيْهِ عِنْدَ الْكِبَرِ، أَحَدَهُمَا أَوْ كِلَيْهِمَا فَلَمْ يَدْخُلِ الْجَنَّةَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2551]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2551]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो व्यक्ति अपमानित होस् र उसको नाक माटोमा घसारियोस् भनेर तीन पटक श्राप दिनुभयो। सोधियो: हे अल्लाहका दूत, को हो त्यो व्यक्ति जसलाई हजुरले श्राप दिनुभयो?
उहाँले भन्नुभयो: जसले आफ्ना आमाबाबु दुवै वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्दैन; यो उनीहरूप्रतिको नराम्रो व्यवहार र अनाज्ञाकारिताको कारणले हो।

हदीसका केही फाइदाहरू

  1. आमाबाबुको सम्मान गर्नु अनिवार्य कर्तव्य हो, विशेष गरी जब उनीहरू वृद्ध र दुर्बल हुन्छन्। उनीहरूको सेवा र हेरचाह स्वर्गप्राप्तिको महान् कारणहरूमध्ये एक हो।
  2. आमाबाबुको अवज्ञा गर्नु ठूलो पाप हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप