عَنْ عَبْدِ اللَّهِ بنِ عُمَرَ رَضِيَ اللَّهُ عَنْهُما:
أَنَّ امْرَأَةً وُجِدَتْ فِي بَعْضِ مَغَازِي النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مَقْتُولَةً، فَأَنْكَرَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَتْلَ النِّسَاءِ وَالصِّبْيَانِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3014]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
कुनै एक युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक महिला मारिएको अवस्थामा भेटिइन्। यो देखेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरू र बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3014]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा गज्वा (युद्ध) मा एक महिला मारिएको अवस्थामा देख्नुभयो, त्यसैले उहाँले महिला र नाबालक बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो ।

हदीसका केही फाइदाहरू

  1. युद्धमा सहभागी नहुने महिला, बालबालिका, अशक्त वृद्ध र भिक्षुहरूलाई मार्न अनुमति छैन। तर, यदि यिनीहरू युद्धको योजना बनाउने, परामर्श दिने वा मुस्लिमहरूका विरुद्ध लड्न सहयोग पुर्याउने कार्यमा संलग्न हुन्छन् भने तिनलाई मार्नु जायज हुन्छ।
  2. युद्धमा महिला र बालबालिकाहरूको हत्या गर्न निषेध गरिएको छ, किनकि उनीहरू मुस्लिमहरूसँग लड्दैनन्। वास्तवमा, अल्लाहको मार्गमा गरिने युद्धको उद्देश्य लडाकुहरूको शक्तिलाई तोड्नु मात्र हो; ताकि सत्यको आह्वान सबै मानिसहरूसम्म पुगोस्।
  3. लडाइँ तथा युद्धहरूमा पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अपार दया देखिन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)