श्रेणी:

عَن ابنِ عباسٍ رضي الله عنهما أنَّ رسولَ اللهِ صلي الله عليه وسلم قال:
«لَو يُعطَى النّاسُ بدَعواهُم لادَّعَى رِجالٌ أموالَ قَومٍ ودِماءَهُم، لَكِنَّ البَيِّنَةَ على المُدَّعِى، واليَمينَ على مَن أنكَرَ».

[حسن] - [رواه البيهقي، وغيره هكذا، وبعضه في الصحيحين] - [الأربعون النووية: 33]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"

[हसन] - [رواه البيهقي وغيره هكذا وبعضه في الصحيحين] - [الأربعون النووية - 33]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, यदि मानिसहरूलाई बिना प्रमाण तिनीहरूको दावीको आधारमा मात्र क्षतिपूर्ति दिइने हो भने मानिसहरूले जनताको सम्पत्ति र रगतको दाबीसमेत गर्नेछन् । त्यसैले दावीकर्ताले आफूले माग गरेको कुराको प्रमाण उपलब्ध गराउनुपर्छ । यदि उनीसँग प्रमाण छैन भने मुद्दा प्रतिवादी समक्ष पेश गरिनेछ र यदि उसले अस्वीकार गर्यो भने शपथ खाई निर्दोष हुनुपर्दछ ।

हदीसका केही फाइदाहरू

  1. इब्न दकीक अल-इदले भने: यो हदीस अह्काम (नियमहरू) को आधारहरूमध्ये एक अहम आधार हो । विशेषगरी विवाद र असहमतिको समयमा सबैभन्दा ठूलो श्रोत हो ।
  2. शरियतको उद्देश्य भनेको जनताको सम्पत्ति र रगतलाई हेरफेरबाट जोगाउनु हो ।
  3. काजी (न्यायाधीश) ले आफ्नो ज्ञानको आधारमा फैसला गर्नुहुँदैन, बरु प्रमाणको आधारमा गर्नुपर्छ ।
  4. कुनै पनि व्यक्तिले बिना प्रमाण दाबी गर्छ भने त्यो अस्वीकार हो, चाहे त्यो अधिकार, लेनदेन, ईमान र विज्ञानको बारेमा किन नहोस् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
वर्गीकरण
थप