عَنْ أَبِي سَعِيدٍ سَعْدِ بْنِ مَالِكِ بْنِ سِنَانٍ الخُدْرِيّ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا ضَرَرَ وَلَا ضِرَارَ».
[حسن] - [رواه ابن ماجه، والدارقطني، وغيرهما مسندًا] - [الأربعون النووية: 32]
المزيــد ...
अबु सईद सअद बिन मालिक बिन सिनान अल-खुद्री (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन"
[हसन] - [رواه ابن ماجه والدارقطني وغيرهما مسندًا] - [الأربعون النووية - 32]
रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो स्पष्ट पार्नुभएको छ, आफूलाई र अरूलाई सबै प्रकारका हानि-नोक्सानीबाट जोगाउनु अनिवार्य छ। कुनै पनि व्यक्तिले स्वयंलाई वा अरूलाई हानि पुर्याउने अनुमति छैन। त्यसैगरी, हानिको बदलामा हानि पुऱ्याउनु पनि वैधानिक हुँदैन, किनभने हानिको निवारण अर्को हानिद्वारा गर्न सकिँदैन। तैपनि, किसास (न्यायिक बदला) को अवस्थामा यसको अनुमति छ, तर त्यसमा पनि कुनै प्रकारको अतिक्रमण गर्नु हुँदैन।